Google Play को सेवाका सर्तहरू

अगस्ट ४, २०२०

१. परिचय

लागू हुने सर्तहरू। Google Play प्रयोग गर्नुभएकोमा धन्यवाद। Google Play भनेको 1600 Amphitheatre Parkway, Mountain View, California 94043, USA मा अवस्थित Google LLC ("Google""हामी" वा "हामीलाई") ले प्रदान गर्ने एक सेवा हो। यसमार्फत उपलब्ध हुने Google Play तथा अनुप्रयोगहरू (Android तात्कालिक अनुप्रयोगहरूलगायत), खेल, संगीत, चलचित्र, पुस्तक, पत्रिका वा अन्य डिजिटल सामग्री वा सेवाहरू ("सामग्री" भनी उल्लेख गरिएको) को तपाईंले गर्ने प्रयोग Google Play का यी सेवाका सर्तहरू र Google का सेवाका सर्तहरू ("Google ToS") ( संयुक्त रूपमा "सर्तहरू" भनी उल्लेख गरिएको) अन्तर्गत पर्छ। Google Play भनेको Google ToS मा व्याख्या गरिएअनुसारको "सेवा" हो। Google Play को सेवाका सर्तहरू र Google ToS बीच द्वन्द्व भएको खण्डमा Google Play को सेवाका सर्तहरू लागू हुनेछन्।

२. तपाईंले गर्ने Google Play को प्रयोग

सामग्रीमाथिको पहुँच र त्यसको प्रयोग। तपाई अाफ्नो मोबाइल, कम्प्युटर, tv, घडी वा अन्य समर्थित यन्त्रहरू ("यन्त्र") मा सामग्री ब्राउज गर्न, पत्ता लगाउन, हेर्न, स्ट्रिम गर्न वा डाउनलोड गर्नका लागि Google Play को प्रयोग गर्न सक्नुहुन्छ। Google Play प्रयोग गर्नका लागि तपाईंसँग प्रासंगिक सामग्रीको प्रणाली र कम्प्याटिबिलिटीसम्बन्धी आवश्यकताहरू पूरा गर्ने यन्त्र, राम्रोसँग चल्ने इन्टरनेटमाथिको पहुँच र मिल्दो सफ्टवेयर अावश्यक पर्नेछ। सामग्री र सुविधाहरूको उपलब्धता देशअनुसार फरक पर्नेेछ अर्थात् सबै सामग्री वा सुविधाहरू तपाईंको देशमा उपलब्ध नहुन सक्छन्। केही सामग्री परिवारका सदस्यहरूसँग अादान-प्रदान गर्नका लागि उपलब्ध हुन सक्छन्। सामग्री Google ले प्रदान गर्न सक्छ वा Google सँग आबद्ध नरहेका तेस्रा-पक्षहरूले उपलब्ध गराउन सक्छन्। Google Play मार्फत उपलब्ध गराइएको तर Google देखि बाहेकका अन्य स्रोतबाट उत्पत्ति भएको सामग्रीका लागि Google जवाफदेही हुँदैन न त यसको समर्थन नै गर्छ।

उमेरको बन्देज। Google Play को प्रयोग गर्न तपाईंसँग अनिवार्य रूपमा कुनै मान्य Google खाता ("Google खाता") हुनुपर्छ जसमा निम्न बमोजिम उमेरको बन्देज लागू हुन्छ। तपाईं अाफ्नो देशमा नाबालिग मानिनुहुन्छ भने Google Play को प्रयोग गर्न र यी सर्तहरू स्वीकार गर्न तपाईंले अनिवार्य रूपमा आफ्ना अभिभावकको अनुमति लिनुपर्छ। तपाईंले Google Play का विशेष सामग्री वा सुविधाहरूको प्रयोगमा लागू हुने उमेरसम्बन्धी कुनै पनि अतिरिक्त बन्देजहरूको पालना गर्नुपर्छ। पारिवारिक प्रबन्धक तथा परिवारका सदस्यहरूले अनिवार्य रूपमा यी अतिरिक्त अावश्यकताहरू पनि पूरा गर्नुपर्छ।

तेस्रो-पक्षीय शुल्कहरू। सामग्री तथा Google Play हेरेबापत र त्यसमाथि पहुँच राखेबापत तेस्रा पक्षहरू (जस्तै तपाईंको इन्टरनेट प्रदायक वा मोबाइल सेवा प्रदायक) लाई तिर्नुपर्ने कुनै पनि प्रकारका पहुँच वा डेटा शुल्क तिर्ने जिम्मेवारी तपाईंको हुनेछ।

अद्यावधिकहरू। Google Play, सम्बन्धित समर्थनसम्बन्धी लाइब्रेरीहरू वा सामग्री अद्यावधिक गर्नुपर्ने हुनसक्छन्, उदाहरणका लागि बग समाधान, परिष्कृत सुविधा, छुटेका प्लगइन र नयाँ संस्करणहरू (सामूहिक रूपमा "अद्यावधिकहरू" भनिने)। Google Play को प्रयोग गर्न वा सामग्रीमाथि पहुँच राख्न, डाउनलोड गर्न वा प्रयोग गर्न यस्ता अद्यावधिकहरू अावश्यक पर्न सक्छन्। यी सर्तहरूमा सहमति जनाएर वा Google Play को प्रयोग गरेर तपाईं यस्ता अद्यावधिकहरू स्वतः प्राप्त गर्ने कुरामा सहमत हुनुहुन्छ। तपाईं Google Play को सेटिङहरू नामक मेनुमा गएर निश्चित सामग्रीका अद्यावधिकहरू व्यवस्थापन गर्न सक्षम हुन सक्नुहुन्छ। अद्यावधिकले सामग्रीसँग सम्बन्धित कुनै महत्त्वपूर्ण सुरक्षा जोखिमको समाधान गर्नेछ भनी निर्धारित गरिएको अवस्थामा भने Google Play वा तपाईंको यन्त्रको अद्यावधिकसम्बन्धी सेटिङहरूमा जुनसुकै विकल्प चयन गरिएको भए तापनि अद्यावधिक कार्य पूरा गरिन सक्छ। सुरुमा Google Play बाट डाउनलोड गरिएको सामग्रीलाई कुनै अर्को अनुप्रयोगको स्टोरले अद्यावधिक गर्न खोजेको खण्डमा तपाईं कुनै चेतावनी प्राप्त गर्न सक्नुहुन्छ वा त्यस्ता अद्यावधिकहरू पूर्ण रूपमा रोकिन सक्छन्।

तपाईंबारे जानकारी। Google का गोपनीयता नीतिहरूले Google Play को प्रयोग गर्दा हामी कसरी तपाईंको व्यक्तिगत डेटा व्यवस्थापन र गोपनीयताको रक्षा गर्छौं भनी व्याख्या गर्छन्। Google ले तपाईंका कारोबारहरूमाथि प्रक्रिया अघि बढाउने वा तपाईंलाई सामग्री प्रावधानीकरण गर्ने प्रयोजनका लागि प्रदायकहरूलाई तपाईंको नाम र इमेल ठेगाना जस्ता तपाईंको व्यक्तिगत जानकारी उपलब्ध गराउनुपर्ने हुनसक्छ। प्रदायकहरू यो जानकारी उनीहरूका अाफ्नै गोपनीयता नीतिहरूबमोजिम प्रयोग गर्न सहमत छन्।

तपाईं Google Play को कुनै पारिवारिक समूहभित्र हुनुहुन्छ भने तपाईंको परिवारका सदस्यहरू तपाईंका बारे निश्चित जानकारी हेर्न सक्नेछन्। तपाईं Google Play को कुनै पारिवारिक समूहको प्रबन्धक हुनुहुन्छ भने तपाईंले परिवारिक समूहमा सामेल हुन अामन्त्रित गर्नुभएका सदस्यहरू तपाईंको नाम, तस्बिर र इमेल ठेगाना हेर्न सक्नेछन्। तपाईं प्रबन्धकका रूपमा कुनै पारिवारिक समूहमा सामेल हुनुभएको खण्डमा परिवारिक समूहका अन्य सदस्यहरू तपाईंको नाम, तस्बिर र इमेल ठेगाना हेर्न सक्नेछन्। तपाईंको पारिवारिक प्रबन्धक सम्भवतः तपाईंको उमेरका साथै तपाईंले तोकिएको पारिवारिक भुक्तानी विधिको प्रयोग गरी खरिद गर्नुभएको सामग्रीको विवरणलगायत सबै खरिदहरूको अभिलेख हेर्न पनि सक्नुहुन्छ। कुनै सामग्री परिवारसँग आदान-प्रदान गर्न उपलब्ध रहेको तथा तपाईंले त्यसलाई पारिवारिक समूहसँग आदान-प्रदान गर्नुहुन्छ भने परिवारका सबै सदस्यहरू उक्त सामग्रीमाथि पहुँच राख्न र सो खरिद तपाईंले गर्नुभएको थियो भनी हेर्न सक्नेछन्।

खाताहरूमा गरिने अनधिकृत पहुँच तपाईंले अनिवार्य रूपमा आफ्नो खाताको विवरण सुरक्षित राख्नुपर्छ र त्यसलाई अरू कसैसँग अादान-प्रदान गर्नुहुँदैन। तपाईंले Google Play मार्फत Google Play को कुनै पनि प्रयोगकर्ता वा Google का अन्य सेवाहरूको प्रयोगकर्ताको खाताका नामहरूलगायत कुनै पनि प्रकारका व्यक्तिगत डेटा सङ्कलन वा सञ्चय गर्नुहुँदैन।

असक्षम पारिएका खाताहरू। Google ले सर्तहरू (उदाहरणका लागि, तपाईंले सर्तहरूको उल्लङ्घन गर्नुभएमा) मुताबिक तपाईंको खातामाथिको पहुँच असक्षम पारेको खण्डमा Google Play, तपाईंको खाताको विवरण वा तपाईंको खातामा भण्डारण गरिएका कुनै पनि फाइल वा अन्य सामग्रीमाथिको तपाईंको पहुँच रोकिन सक्छ। थप जानकारीका लागि मद्दत केन्द्र हेर्नुहोस्। तपाईं Google Play को कुनै पारिवारिक समूहको प्रबन्धक हुनुहुन्छ भने Google ले तपाईंको खातामाथिको पहुँच असक्षम पारेको खण्डमा तपाईंको परिवारका सदस्यहरू पारिवारिक भुक्तानी विधि, पारिवारिक सदस्यताहरू वा परिवारका सदस्यहरूबीच अादान-प्रदान गरिएको सामग्री जस्ता पारिवारिक समूह अावश्यक पर्ने किसिमका पारिवारिक सुविधाहरूमाथिको पहुँच गुमाउन सक्छन्। तपाईं Google Play को कुनै परिवारको सदस्य हुनुहुन्छ भने Google ले तपाईंको खाता असक्षम पारेको खण्डमा तपाईंको परिवारका सदस्यहरू तपाईंले उनीहरूसँग अादान-प्रदान गर्नुभएको सामग्रीमाथिको पहुँच गुमाउने छन्।

मालवेयरबाट सुरक्षा। तपाईंलाई मालवेयरयुक्त तेस्रो पक्षीय सफ्टवेयर, URL र अन्य सुरक्षासम्बन्धी समस्याहरूबाट सुरक्षित राख्नका लागि Google ले तपाईंको यन्त्रको नेटवर्क जडान, सम्भावित हानिकारक URL हरू, अपरेटिङ सिस्टमका साथै तपाईंको यन्त्रमा Google Play वा अन्य स्रोतहरूबाट स्थापना गरिएका अनुप्रयोगहरूसम्बन्धी जानकारी प्राप्त गर्न सक्छ। कुनै अनुप्रयोग वा URL असुरक्षित छ जस्तो लागेमा Google ले तपाईंलाई सतर्क गराउन सक्छ तर त्यस्तो अनुप्रयोग यन्त्र, डेटा वा प्रयोगकर्ताहरूका लागि हानिकारक छ भनी चिनिएको खण्डमा भने Google ले त्यसलाई हटाउन वा तपाईंको यन्त्रमा त्यसको स्थापनामाथि रोक लगाउन सक्छ। तपाईं अाफ्नो यन्त्रको सेटिङहरूमा गएर यी सुरक्षाहरूमध्ये केहीलाई असक्षम पार्ने विकल्प रोज्न सक्नुहुन्छ, यद्यपि, Google ले Google Play मार्फत स्थापना गरिएका अनुप्रयोगहरूबारे जानकारी प्राप्त गर्ने क्रम जारी राख्न सक्छ भने अन्य स्रोतहरूबाट तपाईंको यन्त्रमा स्थापना गरिएका अनुप्रयोगहरूलाई पनि Google लाई जानकारी नपठाइकनै सुरक्षासम्बन्धी समस्याहरूका लागि विश्लेषण गरिने क्रम जारी रहन सक्छ।

Android तात्कालिक अनुप्रयोगहरू तपाईंले अाफ्नो यन्त्रबाट कुनै लिंकमा क्लिक गर्दा Google Play ले कुनै उपयुक्त तात्कालिक अनुप्रयोग विद्यमान छ कि छैन भनी जाँच गर्न र त्यस्तो अनुप्रयोग रहेको खण्डमा सो लिंकलाई उक्त तात्कालिक अनुप्रयोगभित्रै खोल्न सक्छ। तपाईंले पहुँच राख्ने तात्कालिक अनुप्रयोगका अंशहरू चल्नका लागि अावश्यक पर्ने सबै कोड तपाईंको यन्त्रमा डाउनलोड गरिनेछ र त्यसलाई अस्थायी रूपमा त्यहाँ राखिनेछ। तात्कालिक अनप्रयोगको अनुप्रयोगसम्बन्धी विवरण Google Play स्टोरमा फेला पार्न सकिन्छ। Android तात्कालिक अनुप्रयोगहरूका डेटा र सेटिङहरू तपाईंको Google खाताको प्रयोग गरी साइन इन गरिएका यन्त्रहरूसँग सिंक गरिन्छन्। तपाईं आफ्नो यन्त्रका सेटिङहरूमा गई Android का तात्कालिक अनुप्रयोगहरू असक्षम पार्ने विकल्प रोज्न सक्नुहुन्छ।

यी सर्तहरू परिवर्तन गरिँदा। उक्त सर्तहरू परिवर्तन गरिएको खण्डमा तपाईंलाई कम्तीमा ३० दिनको सूचना दिइनेछ र नयाँ सर्तहरू यो सूचनाको अवधि समाप्तिपछि लागू हुनेछन्। त्यस्तो सूचनाको अवधि समाप्तिपछि पनि तपाईंले Google Play को प्रयोग जारी राख्नुहुन्छ भने तपाईंले ती नयाँ सर्तहरू स्वीकार गर्नुभएको मानिने छ। यी नयाँ सर्तहरू तपाईंले प्रयोग गर्ने सबै सामग्री (तपाईंले विगतमा स्थापना वा खरिद गर्नुभएको सामग्रीसहित) का साथै भविष्यमा गर्नुहुने सबै स्थापना वा खरिदहरूमा पनि लागू हुनेछन्। तपाईं त्यस्ता परिवर्तनहरूमा सहमत नहुनुभएको खण्डमा तपाईंलाई अाफूले विगतमा खरिद वा स्थापना गरेको सामग्री डाउनलोड गर्ने तथा Google Play को प्रयोग खारेज गर्ने अवसर प्रदान गरिनेछ। तपाईं ती सर्तहरूको अाफू सहमत रहेको अन्तिम संस्करणबमोजिम सामग्रीको उक्त प्रतिलिपि हेर्ने कार्य जारी राख्न सक्नुहुन्छ।

३. खरिद तथा भुक्तानीहरू

निःशुल्क सामग्री। Google ले तपाईंलाई Google Play मा निः शुल्क सामग्री डाउनलोड गर्न, हेर्न वा प्रयोग गर्न दिन सक्छ। तपाईंले गर्ने निश्चित निःशुल्क सामग्रीको प्रयोग र पहुँचमा अतिरिक्त सीमितताहरू लागू हुन सक्छन्।

सामग्रीको खरिद। तपाईंले Google Play मा वा त्यसको प्रयोग गरी सामग्री खरिद गर्दा तपाईं उक्त सामग्रीको विक्रेतासँग गरिने यी सर्तहरू (लागू हुने हदसम्म) मा आधारित एउटा बेग्लै बिक्री सम्झौताको एक पक्ष बन्नुहुनेछ, जुन तलका दुईमध्ये कुनै एक हुनेछ:

(क) Google Ireland Limited; वा

(ख) सामग्रीका प्रदायक ("प्रदायक"), (Google Ireland Limited ले प्रदायकको एजेन्टको भूमिका निर्वाह गरेको अवस्थालगायतमा।

यी सर्तहरूका अतिरिक्त यो पृथक् बिक्री सम्झौता पनि लागू हुन्छ।

Google ले प्रदायकको एजेन्टको भूमिका निर्वाह गरेका बिक्रीहरूका हकमा Google को ToS मा रहेको Google को ToS ले "कुनै पनि तेस्रो पक्षीय लाभग्राहीका अधिकारहरू सिर्जना गर्दैनन्" भन्ने कथन तपाईंले गर्ने Google Play को प्रयोगमा लागू हुँदैन।

तपाईंले Google बाट आफूले सामग्री खरिद गरेको पुष्टि गर्ने इमेल प्राप्त गरेपछि सामग्रीको खरिद तथा प्रयोगसम्बन्धी तपाईंको सम्झौता पूरा हुन्छ र खरिद कार्य पूरा हुने बित्तिकै यो सम्झौता लागू हुन सुरु हुन्छ।

:पूर्व-अर्डरहरू तपाईंले कुनै सामग्रीको पूर्व-अर्डर गर्दा, तपाईंलाई सामग्री उपलब्ध गराएपछि उक्त वस्तुको खरिद तथा प्रयोगसम्बन्धी तपाईंको सम्झौता पूरा हुन्छ र सोही बखत उक्त खरिद गरेबापत तपाईंलाई शुल्क लगाइने छ। तपाईं सामग्री उपलब्ध नभइञ्जेलसम्म आफ्नो पूर्व-अर्डर जुनसुकै बेला रद्द गर्न सक्नुहुन्छ। Google Play मार्फत उपलब्ध गराइनुअघि नै सामग्री फिर्ता लिइएको खण्डमा हामीले तपाईंको पूर्व-अर्डर रद्द गर्नुपर्ने हुन्छ र तपाईंको अर्डर पूरा गर्नुअघि नै मूल्यमा परिवर्तन भएको अवस्थामा हामी तपाईंको अर्डर रद्द गर्ने अधिकार सुरक्षित राख्छौं।

पारिवारिक भुक्तानी विधि। तपाईं Google Play को पारिवारिक समूहको प्रबन्धक हुनुहुन्छ भने तपाईंले आफ्नो परिवारका सदस्यहरूले Google Play मा वा अनुप्रयोगभित्र खरिद गर्दा प्रयोग गर्नका लागि कुनै मान्य पारिवारिक भुक्तानी विधि सेटअप गर्न आवश्यक हुनेछ। तपाईं आफ्नो परिवारका सबै सदस्यहरूले पारिवारिक भुक्तानी विधिको प्रयोग गरी गर्ने खरिदहरूका लागि उत्तरदायी हुनुहुनेछ। पारिवारिक समूह मेटाइएको वा परिवारको कुनै सदस्यले पारिवारिक समूह छाडेको खण्डमा परिवारका सदस्यहरूले पारिवारिक भुक्तानी विधिको प्रयोग गरी गरेका विचाराधीन खरिदहरूको शुल्क तपाईंले व्यहोर्नुपर्ने हुनसक्छ।

Google Payments। Google Play मार्फत सामग्री खरिद गर्नको लागि तपाईंसँग अनिवार्य रूपमा कुनै Google Payments खाता हुनुका साथै तपाईं Google Payments को सेवाका सर्तहरू मा सहमत हुनुपर्छ। तपाईंले जहिलेसुकै Google Payments खाताको प्रयोग गरी सामग्री खरिद गर्दा Google Payments को गोपनीयतासम्बन्धी सूचना लागू हुन्छ। तपाईंको Google Payments खाताको प्रयोग गरी Google Play मार्फत गरिएका खरिदहरूबापत तिर्नुपर्ने सम्पूर्ण रकमको जिम्मेवारी तपाईंको हुन्छ।

भुक्तानी प्रक्रियाका अन्य विधिहरू। Google Play मार्फत गरिने खरिद प्रक्रियालाई सहज तुल्याउनका लागि Google ले Google Payments का अतिरिक्त भुक्तानी प्रक्रियाका अन्य विभिन्न विधिहरू उपलब्ध गराउनसक्छ। तपाईंले अनिवार्य रूपमा आफूले गर्ने उल्लिखित भुक्तानी प्रक्रियाका विधिहरूको प्रयोगलाई नियन्त्रण गर्ने Google वा कुनै तेस्रो पक्ष जोसुकैका सान्दर्भिक सर्तहरू वा अन्य कानुनी सम्झौताको पालना गर्नुपर्छ। Google ले स्वविवेकको प्रयोग गरी भुक्तानी प्रक्रियाका विधिहरू थप्न वा हटाउन सक्छ। तपाईंको Google Play मा गर्नुभएका खरिदहरूबापत तिर्नुपर्ने सम्पूर्ण रकमको एकल जिम्मेवारी तपाईंकै हुन्छ।

सेवा प्रदायकमार्फत गरिने बिलिङ सुविधाको योग्यता तपाईंले अाफ्ना यन्त्रहरूमार्फत गर्नुभएको सामग्रीको खरिद तपाईंको नेटवर्क प्रदायकको खातामा बिल गर्न योग्य छ या छैन भनी निर्धारण गर्नका लागि तपाईंले कुनै यन्त्रमा Google Play खाता सिर्जना गर्दा हामी सदस्यता ID र SIM कार्डको क्रम सङ्ख्या जस्ता यन्त्रका पहिचानकर्ताहरू तपाईंको नेटवर्क प्रदायकलाई पठाउने छौं। यो कार्यलाई अनुमति दिन तपाईंले नेटवर्क प्रदायकको सेवाका सर्तहरूमा सहमति जनाउन आवश्यक छ। नेटवर्क प्रदायकले हामीलाई तपाईंको बिलिङ ठेगानासम्बन्धी जानकारी पठाउन सक्छ। हामी यो जानकारीलाई Google का गोपनीयता नीतिहरू र Google Payments को गोपनीयतासम्बन्धी सूचना बमोजिम व्यवस्थापन र प्रयोग गर्नेछाैं।

मूल्य। Google Play मा देखाइएका सम्पूर्ण सामग्रीको मूल्य र उपलब्धता खरिद गर्नुअघि जुनसुकै बेला परिवर्तन हुन सक्छन्।

करहरू। "करहरू" भन्नाले सामग्रीको बिक्रीसँग सम्बद्ध कुनै पनि प्रकारका शुल्क, भन्सार दस्तुर, महसुल वा करहरू (आयकरबाहेक) तथा त्यससँग सम्बन्धित जरिवाना वा ब्याज समेतलाई बुझाउँछ। सम्पूर्ण करहरू तिर्ने जिम्मेवारी तपाईंको हुन्छ र सामग्रीको मूल्य तिर्दा कर कट्टा नगरी तिर्नुपर्छ। सामग्रीको बिक्रेता वा Google कर सङ्कलन गर्न वा तिर्न बाध्य भएको खण्डमा तपाईंसँग त्यस्तो कर लिइने छ। तपाईंले Google Play को प्रयोग गर्दा वा Google Play मा वा यसमार्फत सामग्रीको खरिद गर्दा लाग्न सक्ने कुनै पनि करहरूको विवरण बुझाउने र भुक्तानी गर्नेलगायत करसम्बन्धी कुनै वा सबै प्रचलित कानुनहरूको अनिवार्य रूपमा पालना गर्नुपर्छ। त्यस्ता लागू हुने कुनै पनि करहरूको विवरण बुझाउने र भुक्तानी गर्नु तपाईंको जिम्मेवारी हो।

सबै खरिदहरू अन्तिम हुन्छन्l फिर्ता लिने, रद्द गर्ने वा खरिद फिर्ता गरी रकम फिर्ता लिनेसम्बन्धी अाफ्ना अधिकारहरूबारे थप जानकारीका लागि रकम फिर्ता नीति हेर्नुहोस्। Google Play का रकम फिर्ता नीतिहरू वा प्रदायकका रकम फिर्ता नीतिहरूमा स्पष्ट रूपमा व्याख्या गरिएदेखि बाहेक सबै खरिदहरू अन्तिम हुन्छन् र कुनै पनि फिर्ता, प्रतिस्थापन वा रकम फिर्ता गर्ने अनुमति हुँदैन। कुनै पनि कारोबारमा कुनै पनि प्रकारका प्रतिस्थापन, फिर्ता वा रकम फिर्ता गर्ने अनुमति दिइएको खण्डमा सो कारोबार उल्टाइन सक्छ र तपाईंले सो कारोबारमार्फत प्राप्त गर्नुभएको सामग्रीमाथि अब उप्रान्त पहुँच राख्न नपाउन सक्नुहुन्छ।

सदस्यताहरू। सदस्यताहरू लिएबापत हरेक बिलिङ अवधि (साप्ताहिक, मासिक, वार्षिक वा अन्य कुनै अवधि) मा स्वतः शुल्क लगाइनेछ र तपाईंलाई हरेक बिलिङ अवधि सुरु हुनुभन्दा बढीमा २४ घन्टाअघि शुल्क लगाइन सक्छ।

(क) परीक्षण समय। कुनै निश्चित रकममा सामग्रीको सदस्यता लिँदा तपाईंले तोकिएको परीक्षण अवधिभरका लागि बिना कुनै शुल्क सदस्यताका लाभहरू प्राप्त गर्न सक्नुहुन्छ, जुन अवधि सकिएपछि तपाईंले अाफ्नो सदस्यता रद्द नगरेसम्म तपाईंलाई शुल्क लगाइनेछ। शुल्क लाग्नबाट जोगिन तपाईंले अनिवार्य रूपमा परीक्षण अवधि सकिनुअघि नै अाफ्नो सदस्यता रद्द गर्नुपर्छ। अन्यथा उल्लेख गरिएदेखि बाहेक अाफ्नो परीक्षण रद्द गरेपछि तपाईंले उक्त अनुप्रयोगमाथिको अाफ्नो पहुँच र सदस्यतासम्बन्धी कुनै पनि विशेषाधिकारहरू तुरुन्तै गुमाउनु हुनेछ। त्यस्ता परीक्षण अवधिमाथिको पहुँचलाई हरेक प्रयोगकर्ताले तोकिएको अवधिमा केही निश्चित सङ्ख्यामा परीक्षणहरू गर्न सक्ने गरी वा अरू प्रकारका बन्देजहरूमार्फत सीमित गरिएको हुनसक्छ।

(ख) रद्द गर्ने कार्य। तपाईंले मद्दत केन्द्र मा व्याख्या गरिएअनुसार लागू हुने बिलिङ अवधि सकिनुअघि जुनसुकै बेला सदस्यता रद्द गर्न सक्नुहुन्छ। तपाईंको रद्द गराइ अर्को बिलको भुक्तानी गर्ने समयमा लागू हुनेछ। उदाहरणका लागि, तपाईंले कुनै मासिक सदस्यता खरिद गर्नुभएको भएको खण्डमा तपाईं उक्त सदस्यतालाई सदस्यता जारी रहेको जुनसुकै महिनाको जुनसुकै बेला रद्द गर्न सक्नुहुन्छ र उक्त सदस्यता अर्को महिना रद्द भएको हुनेछ। Google Play को रकम फिर्तासम्बन्धी नीति मा अन्यथा उल्लेख गरिएको (उदाहरणका लागि सामग्री त्रुटिपूर्ण भएको अवस्था) देखि बाहेक तपाईंले वर्तमान बिलिङ अवधिको रकम फिर्ता प्राप्त गर्नुहुने छैन। Google Play न्युजस्ट्यान्डका सदस्यताहरू: तपाईं वर्तमान बिलिङ अवधिको बाँकी समयसम्म सान्दर्भिक सदस्यताबापत प्राप्त गर्नुपर्ने सामग्री तथा अद्यावधिकहरू (लागू हुने भएमा) निरन्तर रूपमा प्राप्त गरिरहनुहुनेछ। उक्त बिलिङ अवधि सकिएपछि पहिले नै वितरण गरिएका पत्रिकाका अङ्कहरूमाथिको तपाईंको पहुँच कायमै रहनेछ तर सशुल्क समाचार सामग्रीमाथिको पहुँच भने तपाईंको सदस्यता रद्द गरिएको बिलिङ अवधि सकिएपछि खारेज हुनेछ। तपाईंले निःशुल्क परीक्षण अवधिभित्र रद्द गर्नुभएको खण्डमा उक्त निःशुल्क परीक्षण अवधिमा आफूले पहुँच राखेका पत्रिकाका अङ्कहरूमाथिको तपाईंको पहुँच कायमै रहनेछ तर सशुल्क समाचार सामग्रीमाथिको पहुँच भने गुमाउनु हुनेछ। Google Play संगीतका सदस्यताहरू: तपाईंले Google Play संगीतको सदस्यता रद्द गर्नुभएको खण्डमा तपाईं वर्तमान बिलिङ अवधिको बाँकी समयसम्म Google Play संगीतको सदस्यता लिएबापत प्राप्त गर्नुपर्ने सामग्रीमाथि निरन्तर रूपमा पहुँच प्राप्त गरिरहनुहुने छ; यद्यपि, तपाईंको पहुँच सदस्यता रद्द गरिएको बिलिङ अवधि सकिएपछि खारेज हुनेछ। तपाईंले निःशुल्क परीक्षण अवधिभित्र आफ्नो Google Play संगीतको सदस्यता रद्द गर्नुभएको खण्डमा उक्त निःशुल्क परीक्षण अवधिमा आफूले पहुँच राखेका Google Play संगीतको सदस्यता लिएबापत प्राप्त गर्नुपर्ने सामग्रीमाथिको तपाईंको पहुँच कायम रहने छैन।

(ग) छापा माध्यमका सदस्यहरूका लागि छुट। तपाईं छापा माध्यमको पत्रिकाको सदस्य रहनुभएको खण्डमा केही पत्रपत्रिकाका प्रदायकहरूले तपाईंलाई Google Play मा पत्रिकाको सामग्री छुट दरमै खरिद गर्ने सुविधा दिन सक्छन्। तपाईंले उक्त पत्रिकाको छापा माध्यमको सदस्यता रद्द गर्नुभयो वा छापा माध्यमको सदस्यताको म्याद सकिएपछि तपाईंले त्यसको नवीकरण गर्नुभएन भने Google Play मा उक्त सामग्रीको तपाईंको छुट दरको सदस्यता स्वतः रद्द हुनेछ।

(घ) मूल्यसम्बन्धी परिवर्तनहरू। तपाईंले कुनै सदस्यता खरिद गर्दा तपाईंलाई सुरुवाती रूपमा सदस्यता लिनेसम्बन्धी तपाईंले गर्नुभएको सम्झौताको समयमा लागू रहेको दरअनुसार शुल्क लगाइने छ। पछि गएर सदस्यताको शुल्कमा बृद्धि भएको खण्डमा तपाईंलाई यसबारे सूचित गरिने छ। बढेको शुल्क सूचना दिइएपश्चात् तपाईंको अर्को भुक्तानी गर्ने समयमा लागू हुन्छन्, यसका लागि शुल्क लगाइनुअघि तपाईंलाई कम्तीमा १० दिनको अग्रिम सूचना दिइएको हुनुपर्छ। तपाईंलाई १० दिनभन्दा कमको अग्रिम सूचना दिइएको खण्डमा बढेको शुल्क अर्को भुक्तानी मितिपछिको भुक्तानीसम्म लागू हुँदैन। तपाईं सदस्यताको बढेको शुल्क तिर्न चाहनुहुन्न भने यी सर्तहरूको रद्द गर्ने कार्य नामक खण्डमा व्याख्या गरिएअनुसार सदस्यता रद्द गर्न सक्नुहुन्छ। यसो गर्नुभएमा तपाईंलाई सदस्यताबापत थप शुल्कहरू लगाइने छैन, यसका लागि तपाईंले हामीलाई वर्तमान बिलिङ अवधिको अन्त्यमा यसबारे सूचित गराएको हुनुपर्छ। प्रदायकले सदस्यताको मूल्यमा बृद्धि गरेको र यसका लागि सहमतिको अावश्यकता पर्ने भएमा तपाईंले नयाँ मूल्यमा सहमति जनाएको अवस्थामा बाहेक Google ले तपाईंको सदस्यता रद्द गर्न सक्छ। तपाईंको सदस्यता रद्द गरियो र तपाईंले पछि फेरि सदस्यता लिने निर्णय गर्नुभएको खण्डमा तपाईंलाई त्यतिबेला हुन अाउने सदस्यताको दरअनुसार शुल्क लगाइनेछ।

४. अधिकार तथा बन्देजहरू

सामग्रीको प्रयोग गर्ने इजाजतपत्र। कुनै कारोबार पूरा गरेपछि वा सामग्रीका लागि तिर्नुपर्ने शुल्क तिरेपछि तपाईंले केवल यी सर्तहरू तथा सम्बन्धित नीतिहरूमा स्पष्ट रूपमा अनुमति दिइएअनुसार गैर-विशेष रूपमा भण्डारण गर्ने, पहुँच राख्ने, हेर्ने, प्रयोग गर्ने र अाफ्नो यन्त्रमा उपयुक्त सामग्रीको प्रतिलिपि प्रदर्शन गर्ने वा सेवाको अंशका रूपमा तपाईंको व्यक्तिगत, गैर-व्यापारिक प्रयोजनका लागि अन्य रूपमा प्रयोग गर्ने अधिकार प्राप्त गर्नु हुनेछ। यी सर्तहरूमा तपाईंलाई स्पष्ट रूपमा प्रदान नगरिएका Google Play र सामग्रीका सबै अधिकारहरू, शीर्षक तथा चासोहरू सुरक्षित गरिएका छन्। तपाईंले गर्ने अनुप्रयोग र खेलहरूको प्रयोगलाई तपाईं र प्रदायकका बीचमा गरिएको अन्तिम प्रयोगकर्तासम्बन्धी इजाजतपत्रको सम्झौताका अतिरिक्त सर्तहरूले नियन्त्रित गर्न सक्छन्।

इजाजतपत्रका सर्तहरूको उल्लङ्घन। तपाईंले यी सर्तहरूमध्ये कुनै पनि सर्तको उल्लङ्घन गर्नुभएको खण्डमा यस इजाजतपत्रअन्तर्गत तपाईंले प्राप्त गर्ने अधिकारहरू तुरुन्तै खारेज हुनेछन् र Google ले तपाईंलाई रकम फिर्ता नदिइकनै Google Play, सामग्री वा Google खातामाथिको तपाईंको पहुँच खारेज गर्न सक्छ।

बन्देजहरू: तपाईं निम्न कुराहरू गर्न सक्नुहुन्न:

तेस्रो-पक्षीय प्रावधानहरू। यी सर्तहरूका उल्लेख गरिएका कुनै पनि कुराहरू बाहेक Google मा अाफ्नो सामग्रीको इजाजतपत्र प्रदान गर्ने तेस्रो पक्षहरू उनीहरूको सामग्रीसँग सीधै सम्बन्ध राख्ने यी सर्तका विशेष प्रावधानहरूका हकमा मात्रै र त्यस्ता तेस्रो पक्षहरूलाई उक्त सामग्रीमाथिको अाफ्नो अधिकार लागू गर्ने प्रयोजनका लागि मात्रै यी सर्तहरूअन्तर्गत लक्षित तेस्रो पक्षीय लाभग्राहीहरू मानिन्छन् ("तेस्रो-पक्षीय प्रावधानहरू")। दुविधा निवारणका लागि, तेस्रो-पक्षीय प्रावधानहरूभन्दा बाहिरका कुनै पनि प्रावधानका सम्बन्धमा यी सर्तहरूमा उल्लेख गरिएका कुनै पनि कुराहरूले कुनै पनि पक्षलाई तेस्रो-पक्षीय लाभग्राहीका अधिकारहरू प्रदान गर्दैनन्, यस्ता प्रावधानहरूअन्तर्गत यी सर्तहरूमा सन्दर्भद्वारा समावेश गरिएका कुनै पनि प्रावधान वा सम्झौताहरू वा समावेश नगरिकनै सन्दर्भ गरिएका प्रावधानहरूलगायत अरू प्रावधानहरू पर्न सक्छन्।

Play का नीतिहरू। Google Play मा समीक्षाहरू पोस्ट गर्ने कार्य निम्न नीतिहरूअन्तर्गत पर्छ। तपाईं दुर्व्यवहार वा कुनै अन्य प्रकारका सामग्रीसम्बन्धी उल्लङ्घनहरूको रिपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्।

त्रुटिपूर्ण सामग्री। तपाईंलाई आफ्नो खातामार्फत सामग्री उपलब्ध गराइपछि तपाईंले जतिसक्दो छिटो उक्त सामग्रीले भनिए बमोजिम काम गर्छ भन्ने कुरा सुनिश्चित गर्नका लागि त्यसको जाँच गर्नुपर्छ। त्यसमा कुनै त्रुटि वा दोष फेला पार्नुभएको खण्डमा तपाईंले जतिसक्दो चाँडो हामीलाई वा सामग्रीको प्रदायकलाई सूचित गर्नुपर्छ। थप जानकारीका लागि Google Play को रकम फिर्ता नीति हेर्नुहोस्।

सामग्री हटाउने कार्य वा त्यसको अनुपलब्धता। यी सर्तहरूमुताबिक, Google सँग कुनै सामग्री तपाईंलाई उपलब्ध गराउने अधिकार रहेसम्म तपाईंले खरिद वा स्थापना गर्नुभएको सामग्री भाडामा लिइएको अवस्थामा वा अन्य अवस्थाहरूमा तपाईंले चयन गर्नुभएको अवधिका लागि Google Play मार्फत तपाईंलाई उपलब्ध गराइने छ। केही निश्चित परिस्थितिहरूमा (उदाहरणका लागि, Google ले सान्दर्भिक अधिकारहरू गुमाएको, कुनै सेवा वा सामग्रीको निरन्तरता भङ्ग भएको, सुरक्षासम्बन्धी जोखिमपूर्ण समस्याहरू भएको वा लागू सर्त वा कानुनका उल्लङ्घनहरू भएको), Google ले तपाईंले खरिद गर्नुभएको निश्चित सामग्री तपाईंको यन्त्रबाट हटाउन वा उपलब्ध गराउने क्रम बन्द गर्नसक्छ। Google Ireland Limited ले बिक्री गरेका सामग्रीको हकमा, तपाईंलाई सम्भव भएसम्म उक्त प्रकारका सामग्री हटाउने वा सेवा बन्द गर्ने कार्यबारे सूचना दिइनसक्छ। तपाईं उक्त प्रकारका सामग्री हटाउने वा सेवा बन्द गर्ने कार्यअघि सामग्रीको प्रतिलिपि डाउनलोड गर्न असमर्थ हुनुभएको खण्डमा Google ले तपाईंलाई यीमध्ये कुनै एक कुरा प्रस्ताव गर्न सक्छ (क) सम्भव भएसम्म उक्त सामग्रीको प्रतिस्थापन वा (ख) सामग्रीको मूल्यको पूर्ण वा आंशिक रकम फिर्ता। Google ले तपाईंलाई रकम फिर्ता गरेको खण्डमा उक्त रकम नै तपाईंका लागि एकमात्र क्षतिपूर्ति हुने छ।

एकभन्दा बढी खाताहरू। तपाईंसँग भिन्न प्रयोगकर्ताको नाम गरेका एकभन्दा बढी Google खाताहरू भएको खण्डमा केही परिस्थितिहरूमा तपाईं एउटा खातामा भएको सामग्रीलाई अर्को खातामा स्थानान्तरण गर्न सक्नुहुन्छ, यसका लागि हरेक त्यस्ता खाताको स्वामित्व तपाईंसँगै रहेको र Google ले सान्दर्भिक सेवाहरूमा त्यस्ता स्थानान्तरणहरू गर्ने अनुमति दिने सुविधा सक्षम पारेको हुनुपर्छ।

पहुँच राख्न सकिने यन्त्रहरूको सीमा। Google ले समय समयमा तपाईंले सामग्रीमाथि पहुँच राख्नका लागि प्रयोग गर्न सक्ने यन्त्र वा सफ्टवेयर अनुप्रयोगहरूको सङ्ख्याको सीमा निर्धारण गर्नसक्छ। Google Play संगीत वा Google Play चलचित्र तथा TV सम्बन्धी यी सीमाहरूका बारेमा थप जानकारीका लागि कृपया हाम्रो Google Play संगीतको मद्दत केन्द्र नामक पृष्ठ वा Google Play संगीत तथा TV को प्रयोगसम्बन्धी नियमहरू हेर्नुहोस्।

खतरनाक गतिविधिहरू। यीमध्ये कुनै पनि सेवाहरू वा सामग्री अाणविक गृह, जीवन समर्थन प्रणाली, अापतकालीन सञ्चार, विमान नेभिगेसन वा सञ्चार प्रणाली, हवाई ट्राफिक नियन्त्रण प्रणालीलगायत सेवाहरू वा सामग्रीको विफलताले गर्दा मृत्यु, व्यक्तिगत चोटपटक वा गम्भीर भौतिक वा वातावरणीय क्षति हुनसक्ने प्रकारका अन्य कुनै पनि गतिविधिहरूमा प्रयोग गर्नका लागि लक्षित छैनन्।

Google Play चलचित्र र TV। तपाईंले गर्ने Google Play चलचित्र तथा TV को पहुँच र प्रयोगसम्बन्धी अतिरिक्त विवरण र बन्देजहरूबारे जान्न Google Play चलचित्र तथा TV को प्रयोगसम्बन्धी नियमहरू हेर्नुहोस्।

Google Play संगीत

Google Play ले तपाईंलाई सांगीतिक फाइल, सांगीतिक भिडियोका फाइल, पूर्वावलोकन, क्लिप, कलाकारसम्बन्धी जानकारी, प्रयोगकर्ताका समीक्षा, संगीतसम्बन्धी व्यावसायिक तेस्रो-पक्षका समीक्षाका साथै अन्य डिजिटल सामग्री जस्ता विभिन्न डिजिटल संगीत र संगीत-सम्बद्ध सामग्री ("सांगीतिक उत्पादनहरू") ब्राउज गर्न, पूर्वावलोकन गर्न, स्ट्रिम गर्न, खरिद गर्न, डाउनलोड गर्न, सिफारिस गर्न र प्रयोग गर्न दिन्छ।

भण्डारण गरिने सामग्री। तपाईं सांगीतिक सफ्टवेयरमार्फत सांगीतिक भण्डारणमा डिजिटल सामग्री (जस्तै सांगीतिक फाइलहरू, सम्बन्धित मेटाडेटा र एल्बम अार्ट) भण्डारण गर्नका लागि Google Play को प्रयोग गर्न सक्नुहुन्छ, जसमध्ये हरेकलाई तलको ("भण्डारण गरिने सामग्री") नामक खण्डमा परिभाषित गरिएको छ। दुविधा निवारणका लागि, "सांगीतिक उत्पादनहरू" अन्तर्गत भण्डारण गरिने सामग्री समावेश हुँदैन। भण्डारण गरिने सामग्रीमा तपाईंले सीधै सांगीतिक भण्डारणमा अपलोड गर्ने फाइलहरू वा Google ले तपाईंको यन्त्रमा स्थानीय रूपमा भण्डारण गरिएका फाइलहरूलाई "स्क्यान गरी जोडा मिलाएका" फाइलहरू दुवै पर्नसक्छन्।

संगीत लकर सेवाहरू। Google Play ले तपाईंलाई निम्न कुराहरूमाथि पहुँच दिन सक्छ (क) सर्भरको भण्डारण ठाउँ जसलाई तपाईं सांगीतिक उत्पादनहरू र भण्डारण गरिने सामग्रीलगायत संगीत तथा संगीतसम्बद्ध डेटा फाइलहरू भण्डारण गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ ("सांगीतिक भण्डारण") वा (ख) सफ्टवेयर अनुप्रयोगहरू (वेब, डेस्कटप वा मोबाइल अनुप्रयोगहरू सहित) तथा तपाईंलाई संगीतिक भण्डारणमार्फत संगीत अपलोड गर्न, व्यवस्थापन गर्न, पहुँच राख्न र प्ले गर्न दिने सम्बद्ध सेवाहरू ("सांगीतिक सफ्टवेयर")। यी सर्तहरूमा सांगीतिक भण्डारण र सांगीतिक सफ्टवेयरलाई सामूहिक रूपमा "संगीत लकर सेवाहरू" भनी उल्लेख गरिन्छ।

संगीत लकर सेवाहरूको प्रयोग। सांगीतिक उत्पादनहरू र भण्डारण गरिने सामग्रीलाई सांगीतिक भण्डारणमा भण्डार गरेर, तपाईं त्यस्तो सामग्रीको एक अद्वितीय प्रतिलिपि भण्डार गरी Google लाई उक्त सामग्री अाफ्नो तर्फबाट राखिदिन र त्यसलाई अाफ्नो Google Play खातामार्फत पहुँचयोग्य बनाइदिन अनुरोध गर्नुहुन्छ। संगीत लकर सेवाहरूको प्रयोग गरेर, तपाईं Google लाई अाफूले गर्ने सांगीतिक उत्पादनहरू र भण्डारण गरिने सामग्रीको प्रयोगलाई सहज बनाउन संगीत लकर सेवाहरूका सबै अावश्यक कार्य तथा सुविधाहरू अाफूलाई उपलब्ध गराइदिन अनुरोध गर्नुहुन्छ। तपाईं Google ले तपाईंको निर्देशनबमोजिम अाफूलाई संगीत लकर सेवाहरू उपलब्ध गराउनका लागि अावश्यक प्राविधिक चरणहरूको पालना गर्ने क्रममा निम्न कुराहरू गर्न सक्छ भन्ने कुरा बुझ्नुहुन्छ (क) सांगीतिक उत्पादनहरू र भण्डारण गरिने सामग्री विभिन्न नेटवर्कबाट विभिन्न माध्यममा प्रेषण गर्न र (ख) सांगीतिक उत्पादनहरू र भण्डारण गरिने सामग्रीमा जडान हुने नेटवर्क, यन्त्र, सेवाहरू वा माध्यमका प्राविधिक अावश्यकताहरू अनुकूल पार्नका लागि अावश्यक पर्ने परिवर्तनहरू गर्न। तपाईं अाफूसँग सांगीतिक भण्डारमा भण्डारण गरिने सबै सामग्री, अाफूले Google लाई अपलोड वा भण्डारण गर्न निर्देशन दिन र Google लाई यो खण्डमा व्याख्या गरिएबमोजिमका कारबाहीहरू गर्न दिने अावश्यक अधिकारहरू रहेको कुरा निश्चित गर्दै यससम्बन्धी अधिकार दिनुहुन्छ।

Google का सदस्यतासम्बन्धी अन्य सेवाहरू। तपाईंले गर्ने Google Play र कुनै पनि Google Play को संगीतसम्बन्धी सदस्यतामूलक उत्पादनहरूको प्रयोग केवल यी सर्तहरूद्वारा नियन्त्रण गरिन्छन्। यसलाई तपाईंले Google Play को संगीतसम्बन्धी कुनै सदस्यतामाथि पहुँच राख्नका लागि प्रयोग गर्नुभएको Google का कुनै अन्य उत्पादनलगायत Google का कुनै पनि अन्य उत्पादनका सर्तहरूले नियन्त्रण गर्दैनन्।

Google Play न्युजस्ट्यान्ड

Google ले पत्रिकाका प्रकाशकहरूसँग अादान-प्रदान गर्ने जानकारी। तपाईंले Google Play मा जतिसुकै अवधिका लागि पत्रिकाको सदस्यता खरिद गर्नुभएको खण्डमा Google ले पत्रिकाका प्रकाशकसँग तपाईंको नाम, इमेल ठेगाना, पत्राचार ठेगाना र अद्वितीय पहिचानकर्ता अादान-प्रदान गर्नसक्छ। पत्रिकाको सदस्यका रूपमा, Google ले पत्रिकाका प्रकाशकसँग पत्रिकाभित्रको तपाईंको अध्ययन इतिहास पनि अादान-प्रदान गर्नसक्छ। Google ले पत्रिकाको प्रकाशकसँग उनीहरू यो जानकारी प्रकाशकको गोपनीयता नीतिबमोजिम प्रयोग गर्नेछन् भन्ने कुरामा सहमति गरेको छ। तपाईंलाई सदस्यता खरिद गरेको बेला अाफूले खरिद गरिरहेको सदस्यतासँग सम्बन्ध नभएका प्रकाशकका सबै प्रकारका सञ्चारहरूका साथै तेस्रा पक्षहरूका बजारीकरणसम्बन्धी सञ्चारहरूबाट बाहिरिने अवसर प्रदान गरिने छ। तपाईंले Google Play मा कुनै पत्रिकाको एउटा अङ्क खरिद गर्नुभएको खण्डमा Google ले पत्रिकाको प्रकाशकलाई तपाईंको हुलाक कोड उपलब्ध गराउनसक्छ। हामी पत्रिकाका प्रकाशकहरूलाई पत्रिकाको खरिदहरूको बिक्रीसम्बन्धी जानकारी पनि उपलब्ध गराउँछाैं।

छापा माध्यमको सदस्यताको प्रमाणीकरण। तपाईं छापा माध्यमको कुनै विद्यमान सदस्यतामार्फत Google Play न्युजस्ट्यान्डमा सोही पत्रिकाको प्रकाशकको सदस्यतामाथि पहुँच राखिरहनुभएको खण्डमा हामी कुनै तेस्रो पक्षीय सेवा प्रदायकलाई तपाईंको उक्त प्रकाशकसँगको छापा माध्यमको सदस्यताको प्रमाणीकरण गर्न लगाउन र यसो गर्नका लागि तपाईंसँग अाफ्नो छापा माध्यमको सदस्यतासँग सम्बन्धित केही निश्चित जानकारी माग्नसक्छाैं। Google ले यो जानकारीलाई Google को गोपनीयता नीतिबमोजिम प्रयोग गर्नेछ।