Manab Kalyan

हाम्रो राष्ट्रमा छरिएर रहेका कृषक, निम्नवर्गिय श्रमिक, कालिगड, भूमीहिन एवं वेरोजगारको जञ्जालमा हुडलिईरहेका सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्दै पारस्पारिक सहयोगको भावना जगाएर आयमूलक एवं सीपमूलक व्यवसाय सञ्चालन गराउँदै आत्मास्वावलम्वि बनाउनको निम्ति यस राष्ट्रलाई निस्वार्थ भावनाले ओतप्रोत भएका सहकारी संस्थाहरुको स्पर्श जरुरी रहेको अवस्था छ ।
आर्थिक दृष्टिकोणले पिछडिएका, समान समस्या र स्वार्थ भएका जनसमुदाय, वर्ग वा व्यक्तिको समान जिम्मेवारी, दायित्व र अधिकारको आधारमा उत्पादन, उपभोग, वितरण तथा विनिमय प्रक्रियामा हुने संस्थागत प्रयास नै सहकारीको वास्तविक परिचय हो । यस्तै सिद्धान्तलाई आत्मसाथ गर्दै विभिन्न भागमा छरिएररहेका साना–साना पूजीहरुलाई एकीकृत गरी उत्पादनशील, सीपमूलक तथा आयमूलक कार्यमा सरल तथा सुलव वित्तिय तथा सेवा प्रदान गर्नु यस संस्थाको मुलभुत उद्देश्य हो । ब्यक्तिगत रुपमा चर्को ब्याजदर लिदै आएका साहु–महाजन प्रवृत्तिको सञ्जालमा फँसिरहेका र गरिविको जञ्जालमा पिल्सिरहेका हरेक कर्मशील स्वाभलम्वि नेपालीलाई प्रगतिको गोरेटोमा लम्कन सिकाउनु मानव कल्याण बचत तथा ऋण सहकारी संथाको प्रण हो।
अहिलेको उर्लदो जनघनत्व, बढ्दो ब्यवसायहरू, जनचाहाना, बजारको स्वरूप, जन–सक्षमता र आवश्यकता जस्ता कुराहरूलाई बिचार्दै संस्थालाई पनि अगाडि बढाउने र सम्पूर्ण समान स्वार्थ भएका सदस्यहरूका आवश्यकताहरूलाई पनि पूरा गराउने हेतुले समाजलाई समृद्ध बनाउने अठोटका साथ सहकारीताको मूल्य मान्यता बाट अभिप्रेरित भई मिति २०६५÷०७÷०१ का दिन सहकारी ऐन २०४८ बमोजिम वित्तिय कारोवार गर्न नयाँ वानेश्वरको वडा नं. ३१ मा अवस्थित सानो खरिको बोटको सामिप्यमा यस मानव कल्याण वचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय स्थापना गरिएको छ ।
आफ्ना सदस्यहरुलाई आयमूलक र वृद्धिबिकासमा टेवा पु¥याउने विभिन्न ब्यापार–व्यवसायमा लगानि गरेर रोजगारको सृजना गराउन, सहुलियत दरमा दैनिक उपभोग्य बस्तुहरू उपलब्ध गराउन, प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरेर उत्पादनशिल, आयमूलक तथा सीपमूलक कामहरुमा जागरण गराउँदै समाजको सदस्यहरुलाई सवल र स्वाभलम्वि बनाउनु हाम्रो दृढ्ता हो । समुदाय भित्र सामाजिक, सांस्कृतिक, शौक्षिक, स्वास्थ्य, पर्यावरण, जनचेतना जस्ता गतिविधिको आवश्यक ढङ्गले प्रवद्र्धन गर्न यस मानवकल्याण वचत तथा ऋण सहकारी संस्था सदैव प्रयत्नशील रहेको छ ।
Read more
Collapse
5.0
27 total
5
4
3
2
1
Loading...

Additional Information

Updated
August 14, 2019
Size
3.5M
Installs
100+
Current Version
1.0.1
Requires Android
4.0.3 and up
Content Rating
Everyone
Permissions
Offered By
Manab Kalyan
©2019 GoogleSite Terms of ServicePrivacyDevelopersArtistsAbout Google|Location: United StatesLanguage: English (United States)
By purchasing this item, you are transacting with Google Payments and agreeing to the Google Payments Terms of Service and Privacy Notice.