तुरुन्तै नयाँ भाषा बोल्न सिक्नुहोस् । युटक क्लासिकका साथ नयाँ भाषा बोल्न, आत्मविश्वास निर्माण गर्न तथा जहाँ गए पनि नयाँ साथी बनाउन चाहिने अत्यावश्यक शब्द र वाक्यांशहरू सिक्नुहोस् ।
२५ वर्षको अवधिमा विकास गरिएको युटकको अत्यन्तै सफल विधिलाई विश्वभरिका ३ करोड भन्दा बढी मानिसहरूले नयाँ भाषा सिक्न प्रयोग गरिसकेका छन् । यो सरल र रमाइलो विधिले तुरुन्तै नतिजा देखाउँछ - र सुन्दर नयाँ रूप तथा सुधारिएका खेलसहितको युटकले अब तपाईंको सिकाईमा अझै धेरै प्रतिफल थपिदिने छ ।
युटक क्लासिक:
• प्रेरणादायी छ - कुनै पनि काममा आनन्द आयो भने त्यसलाई दोहराउन सजिलो हुन्छ । युटक क्लासिकका खेलहरू रमाइलो र बानी बसाउने प्रकारका भएकाले तपाईंलाई यसमा सिकिरहने चाहनाले समात्ने छ ।
• विश्वसनीय छ - युटक क्लासिकका सबै सामग्री तपाईंसम्म ल्याउन हामीले रैथाने वक्ता र अनुवादकको सहयोग लिएर तपाईंले पनि कुनै रैथाने व्यक्तिले झैँ नै भाषा बोल्न सिक्नुहुनेछ भन्ने निश्चित गर्छौँ ।
• चुस्त छ - तपाईं के सिक्नमा पोख्त हुनुहुन्छ (र तपाईंलाई कहाँ थप मद्दत चाहिएको छ) भन्ने हाम्रो इन्टेलिजेन्ट सफ्टवेयरले बुझेको हुन्छ, त्यसैले हाम्रा खेलहरूलाई तपाईंको व्यक्तिगत आवश्यकता अनुकुल मिलाउन सक्छ ।
• उच्चारणका लागि सटिक छ - आफूले भाषा सिक्ने अभ्यास गर्दैगर्दा आफ्नै अध्ययनका लागि आफ्नो बोली रिकर्ड गर्नुहोस् । आफ्नो लवजलाई शुद्ध बनाउन तपाईंले जतिपटक आफ्नो बोली रिकर्ड गर्नुपर्छ निर्धक्क गर्नुहोस् ।
• दृश्य माध्यमबाट सिक्नुहोस् - हाम्रा सुन्दर तस्बिरहरूले शब्दहरूलाई चित्रसँग गाँसेर तपाईंको मस्तिष्कले सिक्ने गतिलाई बढाइदिन्छ र दृश्य माध्यममार्फत नयाँ भाषालाई सम्झिन सघाउँछ ।
• व्यवहारिक छ - युटक क्लासिकले ९ सिकारू विषयमार्फत तपाईंलाई साँच्चै आवश्यक पर्ने शब्द र वाक्यांश सिकाउँछ : प्रारम्भिक शब्द, खाद्य र पेय पदार्थ, रंगहरू, संख्या, शरीरका अंग, समय बताउने तरिका, किनमेल, वाक्यांश र देशका नाम ।
• जहाँ पनि प्रयोग गर्न सकिन्छ - युटक क्लासिकलाई संसारभरि जहाँ पनि अफलाइन प्रयोग गर्न सकिन्छ । विदेशमा रहँदा महँगो रोमिङ चार्ज लाग्ला भन्ने डर रहन्न ।
मा अपडेट गरिएको
२०२४ जनवरी २५