अब यी देशहरुमा यात्रा गर्दा उपलब्ध छ: मलेसिया, संयुक्त अधिराज्य, पोल्याण्ड, कतार, रोमानिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया
यी देशहरूबाट: अल्बानिया, बंगलादेश, बुल्गेरिया, क्रोएसिया, इन्डोनेसिया, केन्या, म्यानमार, नेपाल, पोल्याण्ड, रसिया, सर्बिया, युक्रेन, युगान्डा, भियतनाम।
जस्ट गुड वर्क एउटा नि:शुल्क अन्तरक्रियात्मक मोबाइल एप हो, जसले जागिर खोज्ने र श्रमिकहरूलाई नोकरीको यात्रामा, नियुक्ति देखि रोजगारी र जीवनको नयाँ गन्तव्यमा अघि बढ्न वा घर फर्किन जस्ता सबै कुराको लागि महत्वपुर्ण जानकारी र सल्लाह दिन्छ।
यसले तपाईंलाई घरमा र विदेशमा काममा नियुक्त हुँदा तपाईंको अधिकार र जिम्मेवारीहरूबारे जानकारी दिन्छ र आवश्यक परेको अवस्थामा सहायताको पहुँच गर्न मार्गनिर्देशन समेत गर्छ।
सधैं निःशुल्क। अफलाइन प्रयोग गर्न डाउनलोड गर्नुहोस्।
यी भाषाहरूमा: अंग्रेजी, रोमानियाली, बुल्गेरियन, पोलिश, अल्बेनियन्, युक्रेनी, रुसी, सर्बियाई, गुजराती, स्वाहिली, नेपाली, बंगाली, बहासा मलय, बहासा इन्डोनेसियाली, भियतनामी, बर्मी।
आगामी महिनाहरूमा नयाँ भाषाहरू र देशहरू थपिनेछन् र हामी एप मार्फत प्रयोगकर्ताहरूलाई सूचित गर्नेछौं।
एपले तपाईंलाई वैदेशिक कामका लागि कानुनी, सुरक्षित र लागत प्रभावकारी निर्णयहरू गर्न र स्वीकार्य के हो र के होइन भनेर जान्न आवश्यक जानकारी प्रदान गर्दछ, ताकि तपाईंले राम्रो कामका अवसरहरूको लागि राम्रो छनौट गर्न सक्नुहुन्छ।
तलब, काम गर्ने घण्टा, आवास र थप विवरणहरू सहित तपाईंले काम गरिरहनुभएको देशमा तपाईंको अधिकार र जिम्मेवारीहरू बारे जानकारी फेला पार्नुहोस्। साथै स्थानीय बैंकिङ कसरी प्रयोग गर्ने, घरमा पैसा पठाउने, पूजा गर्ने ठाउँ फेला पार्ने, र तपाईंसँग स्वास्थ्य वा पारिवारिक समस्याहरू भएमा के गर्ने भन्ने बारे पनि जान्नुहोस्।
एपलाई तीन खण्डमा विभाजन गरिएको छ:
• यसको बारेमा सोच्दै: के प्रवास मेरो लागि सही विकल्प हो? राम्रो गन्तव्य कहाँ होला ? मेरो लागि कस्ता प्रकारका कामहरू उपलब्ध छन्?
विभिन्न गन्तव्य देशहरूमा तिनीहरूको कानून, लाभ र प्रतिबन्धहरू सहितको काम कस्तो हुन सक्छ भन्ने कुरा पत्ता लगाउनुहोस्।
• आप्रवासनकाे तयारी गर्दै: म कसरी जागिर खोज्ने बारे जान सक्छु? मलाई जान कति खर्च लाग्छ? मेरो सम्झौतामा के हुनुपर्छ? म कहाँ मद्दत प्राप्त गर्न सक्छु?
काम कहाँ खोज्ने, राम्रो रोजगारदाता वा एजेन्टले के गर्नुपर्छ र तपाइँको नियुक्ति प्रक्रियाको प्रत्येक चरणमा मद्दत कसरी पहुँच गर्ने भन्ने बारे मार्गदर्शन र सल्लाह। साथै, तपाईं जानु अघि तपाईंलाई चाहिने भिसादेखि मेडिकल जाँचहरूसम्म सबै कुरा।
• आफ्नो गन्तव्यमा: यो देशमा बस्न कस्तो लाग्छ ? म मेरो बैंकिङ कारोबार कसरी गर्छु? डाटा प्राप्त गर्ने उत्तम तरिका के हो? मैले डाक्टरलाई कसरी भेट्ने? समय बिदा, तलब सुविधा र बस्ने आवासको लागी मेरो अधिकार के हो?
मौसम, स्थानीय चलन र मनोरञ्जन गतिविधिहरू सहित यी सबै विषयहरूमा जीवन र काममा अन्तर्दृष्टि भएकाे स्थानीय पथपर्दर्शक। यसले तपाईलाई घर फर्कने बारे जान्न पनि मद्दत गर्दछ।
जस्ट गुड वर्क तपाईलाई छल, ऋण र शोषणबाट बच्न सुरक्षित, लाभदायक र कानुनी रूपमा विदेशमा काम गर्नको लागि बनाइएकाे थियो। विश्वभरका आप्रवासी कामदारहरूले सुरुदेखि नै प्लेटफर्मको सामग्री र डिजाइनमा आफ्नो इनपुट दिइरहेका छन्।
विशेषताहरु:
• काम पाउनको लागि विभिन्न तरिकाहरू प्रयोग गर्ने बारे जानकारी र सल्लाह- (व्यक्तिगत सम्पर्क, स्थानीय एजेन्ट, एजेन्सी)
• नोकरीको सम्झौता वा निुयुक्ति प्रस्तावमा के हेर्ने भनेर जाँचसूचीहरू
• भिडियो र अडियो मार्फत मुख्य जानकारी हेर्न वा सुन्न विकल्प
• तपाईंले मात्र पहुँच गर्न सक्ने महत्त्वपूर्ण कागजातहरू र रसिदहरूका फोटोहरू सुरक्षित रूपमा राख्नुहोस्।
• तपाईं जस्तै अन्य कामदारहरूबाट वास्तविक कथाहरू, विदेशमा गइ काम गरेका अनुभवहरू साट्दै।
निम्न मद्दत प्राप्त गर्नुहोस्:
• एजेन्सीहरू र सहायता कक्षहरूमा लिङ्कहरू जसले घर र विदेशमा समर्थन र सल्लाह प्रदान गर्न सक्छन्।
जस्ट गुड वर्ककाे फाइदाहरू:
• नियुक्ति प्रक्रियाको पारदर्शिता बढाउँछ।
• तपाईंलाई वैदेशिक कामका लागि सुरक्षित निर्णयहरू गर्न आवश्यक जानकारी प्रदान गर्दछ।
• घर वा विदेशमा समस्या भएको महसुस गर्दा तपाईंलाई मद्दत प्राप्त गर्ने तरिका दिन्छ।
• तपाईलाई स्वदेश र विदेशमा तपाईको अधिकार र जिम्मेवारीहरूको बारेमा जानकारी गराउँदछ।
• के स्वीकार्य छ र के होइन भन्ने थाहा पाएर, तपाईंले जबरजस्ती असुली, दुर्व्यवहार, उच्च ऋण र मानव बेचबिखनको अनुभव गर्ने सम्भावना कम हुन्छ।
• सुरक्षित, कानुनी र राम्रो तलब सुविधा भएका रोजगारीका अवसरहरुलाई सशक्त बनाउँछ।
मा अपडेट गरिएको
२०२४ अक्टोबर ३१