दृश्यम

२०१३ • १६४ मिनेट
यो भिडियो उपलब्ध छैन

यस चलचित्रका बारेमा

दृश्यम सन् २०१३ मा प्रदर्शित मलयालम भाषाको रोमाञ्चकारी चलचित्र हो। यो चलचित्रको लेखन तथा निर्देशन जितु जोसेफले गरेका छन्। यस चलचित्रमा मोहनलाल र मीना जस्ता कलाकार सहित अनसिबा हासन, एस्तर अनिल, कलाभवन साजोन, आशा शरथ, सिद्दिकी, रोसन बसिर र नीरज माधवको भूमिका रहेको छ। चलचित्रमा प्रहरी महानिरीक्षक गीता प्रभाकरको छोरा हराएर जर्जकुट्टी र उनको परिवार शङ्काको घेरामा परेपछी उनको परिवारले गरेको सङ्घर्ष चित्रण गरेको छ।
केरलामा सन् २०१३ डिसेम्बर १९ मा प्रदर्शित भएको दृश्यम चलचित्रको आलोचकहरूबाट पटकथा प्रदर्शन, निर्देशनको प्रशंशासहित व्यापक तारिफ भएको थियो। यो चलचित्रले बक्स अफिसबाट ₹५०० मिलियन सङ्कलन गर्ने पहिलो मलयालम चलचित्र हो। यो चलचित्र सिनेमाघरमा १५० दिन भन्दा धेरै दिन चलेको थियो र विश्वव्यापी ₹७५० मिलियन कमाइ गर्न सफल भएको थियो। सन् २०१६ सम्म यो सबैभन्दा बढी कमाउने मलयालम चलचित्र रह्यो। यो संयुक्त अरब एमिरेट्समा १२५ दिनसम्म चलेर सबैभन्दा लामो समयसम्म चल्ने चलचित्र बन्न पुगेको छ।
दृश्यमले केरला राज्य चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्र र फिल्मफेयर पुरस्कार दक्षिणमा उत्कृष्ट चलचित्र– मलयालम जस्ता कयौँ पुरस्कारहरू प्राप्त गरेको थियो। यो चलचित्रलाई ४५औँ अन्तर्राष्ट्रिय चलचित्र मेला र आठौँ एसियाली चलचित्र मेलामा पनि प्रदर्शन गरियो जहाँ यस चलचित्रले व्यापक प्रशंसा प्राप्त गरेको थियो।