Stroke Riskometer

१० हजार+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

स्ट्रोकलाई संसारमा मृत्यु र अपांगताको दोस्रो मुख्य कारण मानिन्छ । ४ जनामा १ जनालाई जीवनकालभरिमा स्ट्रोक हुन्छ । दशमध्ये आठ स्ट्रोकहरू रोकथाम गर्न सकिने खालको हुन्छन् तपाईंको पनि हुनसक्छ परीक्षण गर्नुहोस् !#एकजनानहुनुहोस् !
अवार्ड विजेता र प्रयोगका लागि निःशुल्क स्ट्रोक रिस्कोमिटर एप तपाईंको स्ट्रोकसँग सम्बन्धित व्यक्तिगत जोखिमको मुल्यांकनको लागि प्रयोग गर्न सजिलो साधन हो । उमेर, जेण्डर, जातियता, जीवनशैली र अन्य स्वास्थ्य कारकहरू जस्ता स्ट्रोकको सम्भावनासँग प्रत्यक्ष जोडिएका सुचनाहरूको माध्यमबाट तपाईंको जोखिमको गणना गरिन्छ ।
एप डाउनलोड गरिसकेपछि तपाईं अन्तर्राष्ट्रिय स्ट्रोक अनुसन्धानसँग जोडिन सक्नुहुन्छ जहाँ तपाईंले आफ्ना तथ्यांकहरू बुझाएर स्ट्रोक र यसको जोखिम कारकहरूबारे हामीलाई थप बुझ्न मद्दत गर्नसक्नुहुनेछ र यसले संसारभर रोकथामका उपायहरू विकसित गर्न सहयोग गर्नेछ । १०४ देशहरूका मानिसहरू पहिल्यै यो अनुसन्धानसँग जोडिसक्नुभएको छ ।
यो अपग्रेडमा हामीले केही अप्ठ्याराहरू मिलाएका छौ र केही नयाँ फिचरहरू समावेश गरेका छौं:
— सजिलै बुझ्नसकिने नेभिगेसन (दिशा पत्ता लगाउने तरिका) सहितको नविनतम इन्टफेस (जडान)।
— बुझ्न थप सजिलो गर्नको लागि प्रश्नहरूलाई पुनःसंशोधन गरिएको छ ।
— जीवनशैली र रक्तचाप नियन्त्रणका लागि लक्ष्य प्राप्ती विकल्प ।
— समय सुनिश्चिततासँगै औषधी खाने स्मृति ।
— ट्रयाकिङको अनुगमन र प्रगति विवरणको सुरक्षा सहित ग्राफहरूमा संशोधन ।
— प्रयोगकर्ताको जोखिम कारकहरूको प्रोफाइलमा आधारित सुझावहरूको व्यवस्थापन ।
— विज्ञहरूको सुझाव भिडियोहरू हेर्ने व्यवस्था ।
— स्ट्रोक चेतावनी संकेतहरूको विस्तारित सूची (F.A.S.T. +)
— तपाईंले चाहेको व्यक्ति(हरू)सँग परिणाम सेयर गर्नुहोस् ।
— भाषाको विकल्पहरू । प्रयोगकर्ताले उपलब्ध १७ भाषाहरूमध्येबाट (छिट्टै आउँदैछ) आफ्नो रुचिको भाषा छनौट गर्न सक्नेछन् ।
— विश्व स्ट्रोक संगठन, विश्व मुटु फेडेरेशन, विश्व न्युरोलोजी फेडेरेशन, युरोपियन स्ट्रोक संगठन र विभिन्न राष्ट्रिय स्ट्रोक संगठनहरूबाट मान्यता प्राप्त यो एप विश्व स्ट्रोक संगठनको एक प्रमुख परियोजना हो । विश्व स्ट्रोक संगठन संसारका सबै देशहरूमा स्ट्रोकको बोझ कम गर्न संघर्षरत नेतृत्वदायी संस्था हो ।
— आगामी ५ देखि १० वर्षभित्रको स्ट्रोक जोखिम मुल्यांकन छिटो गराउनको लागि स्क्रीनहरूको संख्या घटाइएको छ (२ देखि ३ मिनेटमा मुल्यांकन सकिन्छ) ।
— आफ्नो स्वास्थ्य र जीवनशैलीका कारकहरू व्यवस्थापन गर्न चाहने साथै जोखिममा रहेका व्यक्तिहरू र स्ट्रोक पश्चातका व्यक्तिहरूको लागि ।
— २० देखि ९० + को उमेर समूहको लागि
प्रशंसापत्र
“अन्ततः हामीसँग ‘रिस्कोमिटर’ छ । अब हामीले बिरामीहरूलाई उनीहरूको आफ्नो जोखिम प्रोफाइल मुल्यांकन गर्न भन्नसक्छौ । यो स्ट्रोकको जोखिममा रहेकाहरूको लागि अत्यन्त प्रेरणादायी छ । यसले उनीहरूको व्यवहारको मुल्यांकन गर्न र जोखिमपूर्ण जीवनशैलीको रोकथाम गर्न सहयोग गर्दछ ।” प्रोफेसर माइकल ब्रेनिन, अध्यक्ष, विश्व स्ट्रोक संगठन“यो महत्त्वपूर्ण छ । यो साधनले विश्वव्यापी स्ट्रोक सचेतना र रोकथामको क्षेत्रमा नयाँ ढोका खोलेको छ । र, यो निम्न र मध्य आय भएका देशहरूका मानिसहरूलाई निकै उपयोगी छ जहाँ स्ट्रोक व्यवस्थापनका आधारभूत पूर्वाधारहरू सजिलै उपलब्ध छैन ।” प्रोफेसर दिपेश कुमार मण्डल, अध्यक्ष, स्ट्रोक फाउण्डेशन अफ बंगाल“प्रतिक्रिया एक स्वस्थ जीवनशैली पालन गर्न को लागी सबैभन्दा शक्तिशाली प्रेरक हो । स्ट्रोक रिस्कोमिटरले यसका लागि एक अत्याधुनिक विधि प्रदान गर्दछ । एउटा तथ्य यो हो कि यो निःशुल्क छ र व्यापक मात्रामा प्रयोगको सम्भावनायुक्त छ । यसले लक्षित गरेको स्ट्रोकका जोखिम कारकहरूको न्युनीकरणले केवल स्ट्रोक न्युनिकरणका लागि मात्र होइन बरु मुटुका रोगहरू न्युनिकरणका लागि पनि लाभदायक छ । साथै यसले डिमेन्शियालाई रोकथाम गर्न वा ढिलो लाग्ने गराउनका लागि पनि योगदान गर्दछ । यो एप्लीकेशनको व्यापक प्रयोग होओस् र यसले हासिल गर्न योग्य मुल्यांकन प्राप्त गरोस् ।”विश्वविद्यालयका विशिष्ट प्रोफेसर भ्लादमिर ह्याकिन्स्की, वेस्टर्न युनिभर्सिटी, लण्डन, ओन्टारियो, क्यानडा
हाम्रो बारेमा
स्ट्रोक रिस्कोमिटर ओकल्याण्ड प्राविधिक विश्वविद्यालयको स्ट्रोक र एप्लाइड न्युरोसाइन्सको राष्ट्रिय संस्थाका प्रोफेसर भ्यालरी फेइजीनको दिमागी सन्तान हो । यो स्ट्रोकको घटना कम गर्न र विश्वभर जीवन सुरक्षा गर्नका लागि निर्माण गरिएको हो । विश्वमा यसलाई न्युजील्याण्डमा अवस्थित विश्वकै प्रख्यात विश्वविद्यालय, ओकल्याण्ड प्राविधिक विश्वविद्यालयको प्रविधि हस्तान्तरण कार्यालय (टेक्नोलोजी टान्र्सफर अफिस) एयुटी भेन्चर्स लिमिटेडमार्फत ल्याइएको हो ।
मा अपडेट गरिएको
२०२३ डिसेम्बर १३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

के नयाँ छ

Stroke Riskometer
- Defect Fixing
-New Translations