लाइभ ट्रान्स्क्राइब र सूचना

२.६७ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसनले तपाईंको Android फोन प्रयोग गरेकै भरमा कान नसुन्ने वा कम सुन्ने मान्छेहरूलाई दैनिक कुराकानी गर्न र वरपरको आवाजका बारेमा थाहा पाउन सघाउँछ।

अधिकांश डिभाइसहरूमा तपाईं यी चरणहरू पूरा गरेर लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन खोल्न सक्नुहुन्छ:
१. आफ्नो डिभाइसको सेटिङ एप खोल्नुहोस्
२. एक्सेसिबिलिटीमा ट्याप गर्नुहोस्
३. आफूले प्रयोग गर्न चाहेको सुविधाका आधारमा लाइभ ट्रान्स्क्राइब वा साउन्ड नोटिफिकेसनमा ट्याप गर्नुहोस्

तपाईं एक्सेसिबिलिटी बटन, जेस्चर वा द्रुत सेटिङ प्रयोग गरेर पनि लाइभ ट्रान्स्क्राइब वा साउन्ड नोटिफिकेसन सुरु गर्न सक्नुहुन्छ (https://g.co/a11y/shortcutsFAQ)।

तुरुन्तै ट्रान्स्क्राइब गर्ने सुविधा
• रिडिजाइन गरिएको कुराकानीको इन्टरफेसले अझ सहज र सजिलो दोहोरो सञ्चार प्रदान गर्छ।
• ८० वटाभन्दा बढी भाषा तथा भाषिकाहरूमा तुरुन्तै ट्रान्स्क्रिप्सनहरू प्राप्त गर्नुहोस्। कुनै व्यक्ति वा घरायसी सामग्रीका नामहरू जस्ता आफूले प्रायः प्रयोग गरिरहने कस्टम शब्दहरू हाल्नुहोस्।
• कसैले तपाईंको नाम बोलाउँदा आफ्नो फोन भाइब्रेसन हुने गरी सेटिङ मिलाउनुहोस्।
• कुराकानी गर्दा जवाफहरू टाइप गर्नुहोस्।
• तारसहितको हेडसेट, ब्लुटुथ हेडसेट र USB माइकमा हुने बाह्य माइक्रोफोन प्रयोग गरी अझ स्पष्ट अडियो सुन्नुहोस्।
• फोल्डेबल फोनमा अरूसँग कुराकानी गर्न सजिलो होस् भन्नाका लागि त्यसको बाहिरी स्क्रिनमा ट्रान्स्क्रिप्सन तथा टाइप गरिएका जवाफहरू देखाउनुहोस्।
• ट्रान्स्क्रिप्सनहरू ३ दिनसम्म सेभ गर्ने विकल्प छनौट गर्नुहोस्। सेभ गरिएका ट्रान्स्क्रिप्सन तपाईंको डिभाइसमा ३ दिनसम्म रहने भएकाले तपाईं ती ट्रान्स्क्रिप्सन कपी गरेर अन्यत्र पेस्ट गर्न सक्नुहुन्छ। डिफल्ट सेटिङअनुसार ट्रान्स्क्रिप्सनहरू सेभ गरिँदैनन्।

साउन्ड नोटिफिकेसन
• धुवाँसम्बन्धी अलार्म बज्दा वा बच्चा रुँदा आउने आवाज जस्ता तपाईंको वरपर आउने महत्त्वपूर्ण आवाजका बारेमा नोटिफिकेसन प्राप्त गर्नुहोस्।
• तपाईं आफ्ना उपकरणहरू बज्दा नोटिफिकेसन प्राप्त गर्न चाहनुहुन्छ भने कस्टम साउन्डहरू हाल्नुहोस्।
• तपाईंको वरपर के भइरहेको छ भन्ने कुरा थाहा पाउन विगत १२ घण्टाका आवाजहरूको समीक्षा गर्नुहोस्।

आवश्यक पर्ने कुराहरू:
• Android 12 वा सोभन्दा नयाँ संस्करण

लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन एप सं. रा. अमेरिकामा कान नसुन्ने र कम सुन्ने व्यक्तिहरूका लागि स्थापित अग्रणी विश्वविद्यालय Gallaudet University सँगको सहकार्यमा निर्माण गरिएको हो।

मद्दत र प्रतिक्रिया
• प्रतिक्रिया दिन र उत्पादनसम्बन्धी अद्यावधिक जानकारी प्राप्त गर्न https://g.co/a11y/forum मा गई Accessible Google समूहमा सामेल हुनुहोस्
• लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन एप प्रयोग गर्ने सम्बन्धमा मद्दत चाहिएमा https://g.co/disabilitysupport मा गई हामीलाई सम्पर्क गर्नुहोस्

अनुमतिसम्बन्धी सूचना
माइक्रोफोन लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसनले तपाईंको वरपर भएका मान्छेहरूले बोल्ने कुरा र अन्य साउन्डहरू ट्रान्स्क्राइब गर्ने प्रयोजनका लागि माइक्रोफोन प्रयोग गर्नु पर्ने हुन्छ। ट्रान्स्क्रिप्सन वा पहिचान गरिएका साउन्ड प्रोसेस गरिसकेपछि अडियो भण्डारण गरिँदैन।
नोटिफिकेसनहरू: साउन्ड नोटिफिकेसनसम्बन्धी सुविधाहरूले तपाईंलाई साउन्डका बारेमा नोटिफिकेसन पठाउने प्रयोजनका लागि नोटिफिकेसन एक्सेस गर्ने अनुमति माग्छन्।
नजिकैका डिभाइसहरू: लाइभ ट्रान्स्क्राइबले तपाईंको ब्लुटुथ माइक्रोफोनमा कनेक्ट गर्ने प्रयोजनका लागि नजिकैका डिभाइसहरू एक्सेस गर्ने अनुमति माग्छ।
एक्सेसिबिलिटी सेवा: साउन्ड नोटिफिकेसनले ब्याकग्राउन्डमा साउन्ड पत्ता लगाउने सेवा रन गर्न र तपाईंको डिभाइसको एक्सेसिबिलिटी बटन वा जेस्चरमार्फत द्रुत रूपमा एक्सेस गर्न सकियोस् भन्नाका लागि एक्सेसिबिलिटी सेवा API प्रयोग गर्छ। यो API स्क्रिनमा भएका कन्टेन्ट वा व्यक्तिगत जानकारी पढ्न, सङ्कलन गर्न वा भण्डारण गर्न प्रयोग गरिँदैन।
वार्तालाप र ध्वनिमार्फत प्राप्त हुने सूचनाको रियल टाइम ट्रान्स्क्रिप्सन
मा अपडेट गरिएको
२०२६ अगस्ट १७

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    व्यक्तिगत जानकारी, अडियो र अन्य ३ प्रकारका डेटा
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • डेटा मेटाउन सकिएन

मूल्याङ्कन र समीक्षाहरू

२.६१ लाख समीक्षाहरू

नयाँ के छ

• रिडिजाइन गरिएको कुराकानीको इन्टरफेसले अझ सहज र सजिलो दोहोरो सञ्चार प्रदान गर्छ।