मालाचक्रको अवधि र डिम्ब निस्का

४.१
४.०५ हजार समीक्षाहरू
५ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

साईकलबिड्स् एप् (जसलाई मालाचक्र पनि भनिन्छ) यसले तपाईको हरेक महिनावारीको अनुगमन तथा ट्रयाकिङ्ग गरेर सजिलो र प्रभावकारी तरिकाले गर्भवती हुनको लागि योजना बनाउन तथा गर्भवती हुनबाट बच्नको लागि मद्धत गर्छ । आफ्नो महिनावारी भएको मिति यसमा राख्नुहोस्, निश्चित दिन विधि अनुसार राखिएको मालाचक्रले तपाईको गर्भधारण हुन सक्ने दिनहरु तथा गर्भधारण हुने सम्भावना नभएका दिनहरुको बारेमा जानकारी गराउँछ ।

अध्ययन

यस आधुनिक प्राकृतिक परिवार नियोजनको विधिको प्रभावकरीता बारे गहन अध्ययन गरिएको हो । यो एक मात्र प्रमाणित परिवार नियोजनको विधि हो जसले तपाईको महिनावारीलाई अनुगमन गरेर तपाईको प्रजनन अवस्था व्यवस्थापन गर्न मद्धत गर्दछ । साईकलबिड्स विश्वमा एक मात्र वैज्ञानिक परिक्षणमा आधारित एन्ड्रोइड एप् हो । यो सहि तरिकाले प्रयोग गरेमा ९५ प्रतिशत र सामान्य प्रयोगमा ८८ प्रतिशत प्रभावकारी रहेको छ ।

प्रयोग गर्ने मापदण्डहरु

साईकल बिड्स एप् प्रयोग गर्न, तपाईको महिनावारी चक्र २६ देखि ३२ दिन भित्रमा हुनुपर्छ । धेरै जसो महिलाको महिनावारी चक्र यसै अवधि भित्रमा पर्छ तर सबैमा पर्दैन । यदि तपाईलाई आफ्नो चक्र यो अवधि भित्र हुन्छ भन्ने थाहा छैन भने साईकल बिड्स एपको प्रयोगले आफ्नो महिनावारी चक्रको अवधि थाहा पाउन सक्नुहुन्छ । यसले तपाईलाई तपाईको महिनावारी चक्र यो अवधि भित्र पर्छ या पर्दैन भन्ने बताउनेछ ।

कसरी प्रयोग गर्ने

यो सजिलो छ, आफ्नो हालै महिनावारी भएको मिति राख्नुहोस् ।

त्यस पछि यस एपले तपाई महिनावारी चक्रको कुन दिनमा हुनुहुन्छ, साथै गर्भ रहन सक्ने दिन अथवा नरहने दिन र यो महिनावारी चक्रमा तपाईको गर्भ रहन सक्ने दिनहरु कहिले आउँछ भन्ने बताउँछ । यो सबै जानकरी निश्चित दिन विधिमा आधारित छ । यसलाई तपाई गर्भ योजना बनाउन, गर्भ रोक्न अथवा महिनावारी अनुगमन वा ट्रयाक गर्न मात्र पनि प्रयोग गर्न सक्नुहुन्छ ।

मुख्य विशेषताहरु

एउटा क्यालेन्डर र मालाचक्रको चित्र जसले तपाईको महिनावारीको पहिलो दिनको अनुसार तपाईको महिनावारी चक्र देखाउछ ।

अनुकुलन चेतवानी जसले तपाई गर्भवती हुनसक्ने दिनहरु, गर्भधारण हुनसक्ने अवधि कहिले सकिन्छ र तपाईको अर्को महिनावारी कहिले शुरु हुन्छ भन्ने कुरा बताउँछ ।

एपमा आउने चेतवानीले तपाईको महिनावारी सुरु भएको दिन राख्न अथवा तपाईको महिनावारी चक्रको अवधि २६ देखि ३२ दिन बाहिरको भएको छ भने सुचित गराउँछ ।

एक टिप्पणी वा नोट गर्ने सुविधा छ जसमा तपाईको लागि जरुरी जानकारी वा सूचना अथवा तपाईको स्वास्थ्य प्रदायक र जोडीसंग छलफल गर्ने बारे आफैले ट्रयाक गर्न मिल्छ ।

निरन्तर महिनावारी चक्रहरुको तथ्याङ्क जसमा तपाईले आफ्नो अघिल्लो महिनावारी चक्रहरुको महिनावारी शुरु भएको मितिहरु, हरेक महिनावारी चक्रको अवधि र के उक्त चक्र प्रभावकारी तरीकाले यो विधि प्रयोग गर्ने दायरामा थियो थिएन भन्ने देख्न सक्नुहुन्छ ।

थप जानकारी

यस परिवार नियोजन विधि सम्बन्धि भएको अध्ययनबारेमा थप जानकारीको लागि, यसले कसरी काम गर्छ भन्ने भेडियो हेर्नको लागि अथवा यस परिवार नियनोजनको साधनबारे बढी सिक्नका लागि www.CycleBeads.com मा जानुहोस् ।

विश्वभरी लाखौं महिलाहरुले यस विधिलाई परिवार नियोजन, गर्भ योजना र उनिहरुको महिनावारी चक्रलाई अझ राम्ररी वुझ्नको लागि प्रयोग गरेका छन् । मालाको सबै उत्पादन साथै साईकलबिड्स एपको बिक्रिबाट भएको आयको केहि भागले विश्वव्यापी परिवार नियोजनको विकल्पहरु विस्तार गर्ने सम्बन्धी अनुसन्धानमा सहयोग गर्छ र मानिसहरुलाई उनीहरुको प्रजनन् स्वास्थ्यको बारेमा सुसूचित छनोट गर्नको लागि मद्धत गर्दछ ।

साईकलबिड्स एप् नियमित रुपमा अद्यावधिक (अपडेट) गरिन्छ । यदि केहि सल्लाह सुझाव अथवा सुधारका लागि अनुरोध भए info@cyclebeads.com मा पठाउनुहोस्।

सबै साईकलबिड्स सामग्रीहरु साथै iCycleBeads, CycleBeads Android app, र CycleBeads Online सर्वाधिकार सुरक्षित छन् ।

स्रोतहरु

* Arevalo M. et al., Contraception, 2002;65;333-338.

** जर्जटाउन विश्वविद्यालयको अनुसन्धाकर्ताहरुले गरेको विश्लेषण तथा विश्व स्वास्थ्य संगठनको तथ्यङ्क अनुसार लगभग ८० प्रतिशत महिनावारी चक्रहरु २६ देखि ३२ दिन भित्रका हुन्छन् ।
मा अपडेट गरिएको
२०२३ अक्टोबर २८

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
कुनै पनि डेटा सङ्कलन गरिएको छैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्

मूल्याङ्कन र समीक्षाहरू

४.१
३.९५ हजार समीक्षाहरू