Google Home

४.२
२७.५ लाख समीक्षाहरू
५० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
PEGI 3
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Google Home एपका सहायताले तपाईंको घरमा कनेक्ट गरिएका Google Nest, Google Wifi, Google Home र Chromecast डिभाइसहरूका साथै यो एपमा कनेक्ट गरिएका बत्ती, क्यामेरा र थर्मोस्ट्याटलगायतका हजारौँ कम्प्याटिबल डिभाइसहरू एकै ठाउँबाट सेटअप, व्यवस्थापन र नियन्त्रण गर्नुहोस्।

बत्तीहरू बाल्नुहोस्, थर्मोस्ट्याटको तापक्रम मिलाउनुहोस् वा तपाईंको घरको अगाडिको ढोकामा कुनै व्यक्ति वा प्याकेज देखा पर्दा अलर्ट प्राप्त गर्नुहोस्। हामीले निरन्तर रूपमा कन्ट्रोल तथा सुधारहरू समावेश गर्दै जाने भएकाले Wear OS मा चल्ने Google Home प्रिभ्यू संस्करणका रूपमा उपलब्ध हुने छ।

तपाईंको घरको एउटै दृश्य।
तपाईं "होम" ट्याबमा उपलब्ध सर्टकटका सहायताले सङ्गीत बजाउने र चलचित्र हेर्न लाग्दा बत्ती मधुरो बनाउने जस्ता आफूले सबैभन्दा बढी गर्ने कार्यहरू छिटोछरितो रूपमा गर्न सक्नुहुन्छ। एक वा दुई ट्याप गरेकै भरमा यी सबै कार्यहरू गर्नुहोस् र आफ्नो समय बचत गर्नुहोस्। तपाईं "फिड" ट्याबमा आफ्नो घरमा भएका महत्त्वपूर्ण गतिविधिहरूको हाइलाइट एकै ठाउँमा देख्न सक्नुहुन्छ। तपाईं यहाँ आफ्ना डिभाइसबाट बढीभन्दा बढी फाइदा लिने तथा आफ्नो घरको सेटअप सुधार्ने तरिकाहरू पनि सिक्न सक्नु हुने छ।

तपाईं एउटा सामान्य कमान्ड दिएकै भरमा कम्प्याटिबल बत्ती बाल्न, मौसमसम्बन्धी जानकारी प्राप्त गर्न, समाचार सुन्न र अन्य कार्य गर्न चाहनुहुन्छ भने ती कार्यसम्बन्धी रुटिन बनाउनुहोस्।

आफ्नो घरमा भएका कम्प्याटिबल डिभाइसमा प्ले भइरहेका सबै अडियो तथा भिडियो स्ट्रिमको सूची एकै ठाउँमा हेर्नुहोस्, तिनको भोल्युम घटबढ गर्नुहोस्, एउटा ट्र्याकबाट अर्को ट्र्याकमा जानुहोस् वा ती अडियो वा भिडियो स्ट्रिम तुरुन्तै अन्य स्पिकरमार्फत प्ले गर्नुहोस्।

घरमा के भइरहेको छ भन्ने कुरा एकै नजरमा थाहा पाउनुहोस्।
Google Home एप तपाईंलाई तपाईंको घरको वस्तुस्थिति देखाउने र तपाईंले छुटाएका हुन सक्ने कुराहरूका बारेमा जानकारी गराउने प्रयोजनका लागि बनाइएको हो। जुनसुकै बेला आफ्नो घरको जाँच गर्नुहोस् र हालसालैका कार्यक्रमहरूको सारांश हेर्नुहोस्। तपाईं घरबाहिर भएका बेला कुनै महत्त्वपूर्ण कुरा भएमा तपाईं सो कुराका बारेमा सूचना प्राप्त गर्न पनि सक्नुहुन्छ।

Google Home एपका सहायताले केही मिनेटमै आफ्नो Nest Wifi र Google Wifi सेटअप गर्नुहोस्। इन्टरनेटको गति परीक्षण गर्नुहोस्, गेस्ट नेटवर्क सेटअप गर्नुहोस् र आफ्नो परिवारका सदस्य तथा साथीभाइहरूसँग सजिलै आफ्नो Wi-Fi को पासवर्ड सेयर गर्नुहोस्। बच्चाहरूले इन्टरनेट चलाएर बिताउने समय तय गर्न Wi-Fi पज जस्ता अभिभावकीय नियन्त्रणहरू प्रयोग गर्नुहोस्। इन्टरनेटको प्रयोगका सम्बन्धमा सबै डिभाइसमा भिडियो कन्फरेन्स र गेमिङ ट्राफिकलाई स्वतः प्राथमिकता दिने सेटिङ लागू गर्नुहोस् वा कुन डिभाइसमा सबै खाले ट्राफिकलाई प्राथमिकता दिने भन्ने कुरा निर्धारण गर्नुहोस्। आफ्नो नेटवर्कका बारेमा थप विश्लेषणात्मक जानकारी (जस्तै, तपाईंको नेटवर्कमा नयाँ डिभाइस कनेक्ट गरिँदा पठाइने सूचना र इन्टरनेट राम्रोसँग नचल्ने समस्या निवारण गर्ने तरिकाका बारेमा विस्तृत जानकारी) प्राप्त गर्नुहोस्।

घरका सदस्यको गोपनीयता सुरक्षित घरको एउटा महत्त्वपूर्ण पाटो हो।
तपाईंको गोपनीयताको सुरक्षार्थ हामी Google का सबै उत्पादनहरूमा अत्याधुनिक सुरक्षा संयन्त्र प्रयोग गछौँ। यो संयन्त्र विश्वकै सबैभन्दा उन्नत सुरक्षा संयन्त्रहरूमध्ये एक हो। त्यसैले Google का उत्पादनहरू स्वतः सुरक्षित हुन्छन्। तपाईंको Google खातामा अन्तर्निर्मित सुरक्षा संयन्त्रले स्वतः जोखिम पत्ता लगाउँछ र तपाईंको डिभाइसमा जोखिम निम्तिनुअघि नै त्यसलाई ब्लक गर्छ। त्यसैले तपाईंको Google खातामा रहेको व्यक्तिगत जानकारी सधैँ सुरक्षित रहन्छ।

तपाईं गोपनीयतासम्बन्धी हाम्रा संयन्त्रहरूका सहायताले आफ्नो गोपनीयता नियन्त्रण गर्न सक्नुहुन्छ।
आफूले Google सहायकमार्फत गर्ने गतिविधि, आफ्ना गोपनीयतासम्बन्धी सेटिङ, जानकारी र व्यक्तिगत प्राथमिकताहरू नियन्त्रण गर्नुहोस्। आफूले गरेका गतिविधि हेर्नुहोस्, ती गतिविधि म्यानुअल तरिकाले मेटाउनुहोस् वा स्वतः मेटाउने विकल्प छनौट गर्नुहोस्। आफ्नो आवाज प्रयोग गरेर Google सहायकमा आफ्नो गोपनीयता नियन्त्रण गर्नुहोस्। गोपनीयता र सुरक्षासम्बन्धी प्रायः सोधिने प्रश्नहरूको जवाफ पाउन सहायकलाई ती प्रश्न सोध्नुहोस्। जस्तै, तपाईं सहायकलाई "गोपनीयतासम्बन्धी सेटिङ मिलाउन कहाँ जानु पर्छ?" भन्ने प्रश्न सोध्न सक्नुहुन्छ।

तपाईं हामी तपाईंको जानकारी र गोपनीयता कसरी सुरक्षित राख्छौँ भन्ने सम्बन्धमा थप जान्न चाहनुहुन्छ भने safety.google/nest मा रहेको Google Nest को सुरक्षा केन्द्रमा जानुहोस्।

* केही उत्पादन र सुविधाहरू सबै क्षेत्रमा उपलब्ध नहुन सक्छन्। तपाईंसँग यो एप चल्ने डिभाइस हुनु पर्छ।
मा अपडेट गरिएको
२०२४ अप्रिल २९

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 6 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.२
२६.१ लाख समीक्षाहरू
Sandip Sandiprokamagar
२०२४ फेब्रुअरी १०
very good
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Google उपयोगकर्ता
२०१९ जुन २८
it's good
८ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
रामसीता बुद्द भगवान केदार र सुजाता कोइराला भगवान
२०२० जुलाई ३१
हामी रामसीता बुद्द भगवानहरु सुजाता र केदार कोइरालाका सबै लोकहरुमा र सबै संसारभरका सबै देशहरुमा सबै बुद्द भगवानहरु सहित सबै मानवहरु सहित अन्तराष्ट्रिय विश्व विशिष्ट राष्ट्रिय क्षेत्रिय स्थानिय गुगल घर सहित मुख्यालयहरु, कार्यालयहरु पुर्ण स्वामित्व हामी रामसीता बुद्द भगवानहरु सुजाता र केदार कोइराला र सबै बुद्द भगवानहरु र सहित सबै मानवहरु सहित को भएको अमरत्व बिजय पुर्ण बधाई खुशियाली सहित स्थापित गरेका छौ जानकारी गराइसकेको सबै किसिम सबै सहित सबै भएका छन सहित क पुर्ण सत्य हो रत्तिभर झुठो छैन सत्य छ।
१२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

यो अपडेटमा समावेश नयाँ कुरा:
त्रुटिहरू सच्याइएका छन् र सुधारहरू गरिएका छन्।