Workspace प्रयोग गर्ने टोलीहरूका लागि एकअर्कासँग जोडिने, सहकार्य गर्ने र कार्यहरू सम्पन्न गर्ने सबैभन्दा उत्कृष्ट तरिका भनेको Google Chat प्रयोग गर्नु हो।
Gemini का सहायताले म्यासेज पठाउने र सहकार्य गर्ने पहिलो AI सुविधा
• कुराकानीका सारांश प्राप्त गरी जानकार रहनुहोस्
• १२० वटाभन्दा बढी भाषामा म्यासेजहरू स्वतः अनुवाद गर्नुहोस्
• AI मा आधारित खोज्ने सुविधाका सहायताले आफूले खोजेका कुराहरू सजिलै भेट्टाउनुहोस्
• टोलीका सबै सदस्यहरूका बिचमा तालमेल मिलाउन सम्पन्न गर्नु पर्ने कार्यहरू क्याप्चर गर्नुहोस्
एकअर्कासँग जोडिन र कार्य सम्पन्न गर्नका निम्ति टोलीलाई चाहिने सबै सुविधाहरू
• आफ्ना सहकर्मी, कुनै समूह वा पूरै टोलीसँग च्याट गर्न थाल्नुहोस्
• स्थिति परिवर्तन गर्ने पर्सनलाइज गरिएको सुविधाका सहायताले आफ्नो टोलीलाई आफू कुरा गर्न उपलब्ध भए नभएको जानकारी दिनुहोस्
• अडियो तथा भिडियो म्यासेज पठाएर विस्तृत अपडेटहरू सेयर गर्नुहोस्
• Huddles का सहायताले जुनसुकै बेला प्रत्यक्ष रूपमा जोडिनुहोस्
टोलीसँग अझ राम्रोसँग सहकार्य गर्नका निम्ति Workspace का सबै सुविधाहरूको एक्सेस
• Gmail, पात्रो, Drive, Tasks र Meet जस्ता Workspace का एपहरूसँग इन्टिग्रेट गरिएको छ
• फाइल, मान्छे तथा स्पेसहरू लिंक गर्न स्मार्ट चिप प्रयोग गरी टोलीसँग अझ सजिलै सहकार्य गर्नुहोस्
• Chat मा उपलब्ध Google Drive एपका सहायताले अनुरोध, कमेन्ट तथा अनुमोदनहरूका बारेमा जानकार रहनुहोस्
• PagerDuty, Jira, GitHub र Workday जस्ता शक्तिशाली तथा लोकप्रिय च्याट एपहरू इन्स्टल गर्नुहोस्
• Chat API हरूका सहायताले कोडिङ नै नगरी, हल्काफुल्का कोडिङ गरी वा मजाले कोडिङ गरी एपहरू बनाउनुहोस्
सुरक्षित
• Google को क्लाउड-नेटिभ एवं जिरो-ट्रस्ट आर्किटेक्चर प्रयोग गरी सुरक्षित बनाइएको छ
• प्याच गर्न कुनै डेस्कटप एप इन्स्टल गर्नु पर्दैन र प्रयोगकर्ताका डिभाइसमा कुनै पनि डेटा भण्डारण गरिँदैन
• डेटा गुम्न नदिने (DLP) सुविधाका साथै फिसिङ तथा मालवेयर पत्ता लगाउने सुविधाका सहायताले डेटा सुरक्षित राख्छ
• असुरक्षित लिगेसी प्लेटफर्महरूको साटो Workspace मा उपलब्ध टुल वा साझेदारले उपलब्ध गराएका सुविधाहरू प्रयोग गर्नुहोस्
Google Workspace प्रयोग गर्ने उपभोक्ता, शैक्षिक संस्था र व्यावसायिक ग्राहकहरूलाई Google Workspace सँगै Chat उपलब्ध गराइन्छ।
केही प्रिमियम सुविधा प्रयोग गर्न सशुल्क सदस्यता लिनु पर्ने हुन्छ। थप जान्न वा १४ दिने ट्रायल सुरु गर्न https://workspace.google.com/pricing.html मा जानुहोस्।
यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न हामीलाई फलो गर्नुहोस्:
X: https://x.com/googleworkspace
LinkedIn: https://www.linkedin.com/showcase/googleworkspace
Facebook: https://www.facebook.com/googleworkspace
Instagram: https://www.instagram.com/googleworkspace
TikTok: https://www.tiktok.com/@googleworkspace
YouTube: https://www.youtube.com/@googleworkspace
मा अपडेट गरिएको
२०२६ जनवरी २२