Google Home

४.१
२८.१ लाख समीक्षाहरू
५० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Google Home का सहायताले अझ व्यवस्थित र पर्सनलाइज गरिएको स्मार्ट होम बनाउनुहोस्। Google Home एपका सहायताले तपाईंको घरमा कनेक्ट गरिएका Google Nest, Wifi र Chromecast डिभाइसहरूका साथै बत्ती, क्यामेरा र थर्मोस्ट्याटलगायतका हजारौँ कम्प्याटिबल स्मार्ट होम डिभाइसहरू एकै ठाउँबाट सेटअप, व्यवस्थापन र नियन्त्रण गर्नुहोस्।

आफ्नो घरको दृश्य पर्सनलाइज गर्नुहोस्।
तपाईंले यो एप खोल्ने बित्तिकै आफूले सबैभन्दा बढी चलाउने डिभाइस, अटोमेसन र कारबाहीहरू सजिलै एक्सेस गर्न तिनलाई "मन पर्ने कुराहरू" ट्याबमा पिन गर्नुहोस्। आफ्ना Nest क्यामेरा र डोरबेलका लाइभ फिडहरू हेर्नुहोस् र गतिविधिको हिस्ट्रीमा भएका कुरा सजिलै हेर्नुहोस्। "अटोमेसन' ट्याबमा गई रुटिनहरू सेटअप र व्यवस्थापन गर्नुहोस्। अनि सबै सेटिङ एकै ठाउँमा राखिएको "सेटिङ" ट्याबमा गई कुनै पनि अनुमति तुरुन्तै परिवर्तन गर्नुहोस्।

घरमा के भइरहेको छ भन्ने कुरा एकै नजरमा थाहा पाउनुहोस्।
Google Home एप तपाईंलाई तपाईंको घरको वस्तुस्थिति देखाउने र तपाईंले छुटाएका हुन सक्ने कुराहरूका बारेमा जानकारी गराउने प्रयोजनका लागि बनाइएको हो। जुनसुकै बेला आफ्नो घरको वस्तुस्थिति थाहा पाउनुहोस् र हालसालैका गतिविधिहरूको रिक्याप हेर्नुहोस्।

जुनसुकै ठाउँबाट आफ्नो घरका डिभाइसहरू नियन्त्रण गर्नुहोस्।
तपाईं Wear OS मा चल्ने Google Home का सहायताले आफ्नो स्मार्ट वाचबाटै कम्प्याटिबल स्मार्ट होम डिभाइसहरू नियन्त्रण गर्न सक्नुहुन्छ। बत्तीहरू बाल्नुहोस्, थर्मोस्ट्याटको तापक्रम मिलाउनुहोस् वा तपाईंको घरको अगाडिको ढोकामा कुनै व्यक्ति वा प्याकेज देखा पर्दा अलर्ट प्राप्त गर्नुहोस्। नाडीमा एक पटक ट्याप गरेकै भरमा आफ्नो घर सजिलै व्यवस्थापन गर्न "मन पर्ने" टाइल प्रयोग गर्नुहोस् वा आफ्नो वाचफेसमा कुनै डिभाइस हाल्नुहोस्।

घरका सदस्यको गोपनीयता सुरक्षित राख्नु भनेको घरको एउटा महत्त्वपूर्ण पाटो हो।
तपाईंको गोपनीयताको सुरक्षार्थ हामी Google का उत्पादनहरूमा अत्याधुनिक सुरक्षा संयन्त्र प्रयोग गछौँ। यो संयन्त्र विश्वकै सबैभन्दा उन्नत सुरक्षा संयन्त्रहरूमध्ये एक हो। त्यसैले Google का उत्पादनहरू स्वतः सुरक्षित हुन्छन्। यसका साथै, Google ले तपाईंको घरलाई उपयोगी बनाउन तपाईंले अनुमति दिनुभएका तरिकाहरू प्रयोग गरी तपाईंका कम्प्याटिबल डिभाइस र जानकारी प्रयोग गर्छ। हामी तपाईंको जानकारी र गोपनीयता कसरी सुरक्षित राख्छौँ भन्ने सम्बन्धमा थप जान्न safety.google/nest मा रहेको Google Nest को सुरक्षा केन्द्रमा जानुहोस्।

* केही उत्पादन र सुविधाहरू सबै क्षेत्रमा उपलब्ध नहुन सक्छन्। तपाईंसँग कम्प्याटिबल डिभाइस हुनु पर्छ।
मा अपडेट गरिएको
२०२४ जुलाई १६

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 6 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.१
२६.७ लाख समीक्षाहरू
Sandip Sandiprokamagar
२०२४ फेब्रुअरी १०
very good
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Google उपयोगकर्ता
२०१९ जुन २८
it's good
८ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
रामसीता बुद्द भगवान केदार र सुजाता कोइराला भगवान
२०२० जुलाई ३१
हामी रामसीता बुद्द भगवानहरु सुजाता र केदार कोइरालाका सबै लोकहरुमा र सबै संसारभरका सबै देशहरुमा सबै बुद्द भगवानहरु सहित सबै मानवहरु सहित अन्तराष्ट्रिय विश्व विशिष्ट राष्ट्रिय क्षेत्रिय स्थानिय गुगल घर सहित मुख्यालयहरु, कार्यालयहरु पुर्ण स्वामित्व हामी रामसीता बुद्द भगवानहरु सुजाता र केदार कोइराला र सबै बुद्द भगवानहरु र सहित सबै मानवहरु सहित को भएको अमरत्व बिजय पुर्ण बधाई खुशियाली सहित स्थापित गरेका छौ जानकारी गराइसकेको सबै किसिम सबै सहित सबै भएका छन सहित क पुर्ण सत्य हो रत्तिभर झुठो छैन सत्य छ।
१२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

हामी केही हप्ताभित्र निम्न अपडेट ल्याउँदै छौँ:
Google Home को नयाँ मन पर्ने टाइल र Wear OS का अतिरिक्त सूचकमार्फत ढोका लक गर्ने, बत्ती मधुरो बनाउने, तापक्रम परिवर्तन गर्नेलगायतका थप सुविधा। तपाईंको घर व्यवस्थापन गर्न नाडीमा ट्याप गरे जत्तिकै सजिलो बनाउँदै छौँ।