Android Accessibility Suite भनेको तपाईंलाई डिभाइसमा नहेरिकनै वा कुनै स्विच डिभाइसमार्फत आफ्नो Android डिभाइस प्रयोग गर्न सघाउने सर्वसुलभता एपहरूको एउटा सङ्ग्रह हो।
Android Accessibility Suite अन्तर्गत निम्न सुविधाहरू समावेश हुन्छन्:
• एक्सेसिबिलिटी मेनु: आफ्नो फोन लक गर्न, फोनको भोल्युम र स्क्रिनको चमक घटाउन वा बढाउन, स्क्रिनसट लिन र अन्य कार्यहरू गर्न स्क्रिनमा उपलब्ध हुने यो विस्तृत मेनु प्रयोग गर्नुहोस्।
• सेलेक्ट टु स्पिक: आफ्नो स्क्रिनमा भएका वस्तुहरू चयन गर्नुहोस् र तिनमा लेखिएको कुरा सुन्नुहोस्।
• TalkBack स्क्रिन रिडर: बोलेर दिइने प्रतिक्रिया सुन्नुहोस्, जेस्चरहरू प्रयोग गरी आफ्नो डिभाइस नियन्त्रण गर्नुहोस् र स्क्रिनमा उपलब्ध हुने ब्रेल किबोर्ड प्रयोग गरी टाइप गर्नुहोस्।
यी एपहरू प्रयोग गर्न:
१. आफ्नो डिभाइसमा भएको सेटिङ एप खोल्नुहोस्।
२. "सर्वसुलभता" चयन गर्नुहोस्।
३. एक्सेसिबिलिटी मेनु, सेलेक्ट टु स्पिक वा TalkBack चयन गर्नुहोस्।
अनुमतिसम्बन्धी सूचना
• फोन: तपाईंको कलको स्थितिका आधारमा सूचनाहरू पठाउन सकियोस् भन्नाका लागि Android Accessibility Suite ले फोनको स्थिति हेर्छ।
• सर्वसुलभता सेवा: यो एप सर्वसुलभता सेवा भएकाले यसले तपाईंले गर्ने कार्यहरूको अवलोकन गर्न, विन्डोमा भएको कन्टेन्ट पुनः प्राप्त गर्न र तपाईंले टाइप गर्ने टेक्स्ट हेर्न सक्छ।
• नोटिफिकेसनहरू: तपाईंले यो अनुमति दिनुभयो भने TalkBack ले तपाईंलाई अपडेटहरूका बारेमा नोटिफिकेसन पठाउन सक्छ।
मा अपडेट गरिएको
२०२५ सेप्टेम्बर ३०